प्रदेश सरकारको काम गराईले गाउँ–समाजमा फाटो ल्यायो

हरिजंग शाही
मेयर, छायाँनाथ रारा नगरपालिकाका, मुगु

२०६८ सालको जनगणनाअनुसार यस नगरपालिकाको कुल जनसंख्या २६ हजार र कुल घरधुरी संख्या ४ हजार ७ सय २१ छ। छायानाथ रारा नगरपालिकामा जडीबुटी व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना छ। भौगोलिक विकटता र भिरालो जमिनले भएकाले यहाँ बसोबास गर्नेको जीविकोपार्जनको मुख्य स्रोत,कृषि जडीबुटी, व्यापार तथा पशुपालन नै हो । स्थानीय सरकार गाउँगाउँमा आएको पनि तीन वर्ष पूरा भइसकेको छ। यसअवधिमा यस नगरपालिकामा के कस्ता कामले प्राथमिकता पाए र बाँकी कार्यकालमा नगरपालिकाले कार्य सम्पादनलाई कसरी अगाडि बढाएको छ ? आदि विषयमा छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीसँग गरेको कुराकानी :

स्थानीय तहमा आएको तीन वर्षमा के के काम गर्नुभयो ?
यस नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक परिचालन र सचेतना अभिवृद्धि गर्ने खालका योजनाहरूलाई पर्याप्त ध्यान दिएर आफ्नो नीति तथा कार्यक्रम लागू गर्दै आइरहेको छ । नगरपालिकाको स्थानीय वस्तुगत यथार्थ धरातललाई टेकेर दीर्घकालीन दृष्टिकोण राख्दै विविध चुनौती तथा अवरोधहरूका बाबजुद केही उल्लेख्य कार्यहरू कार्यान्वयनमा ल्याइएको छ ।

बालबालिकामा लगानी नै भावी समाजमा लगानी हो भन्ने अवधारणालाई आत्मसात गर्दै नगरपालिकाले प्रारम्भिक बाल विकास कार्यक्रममा लगानी बढाएको छ । प्रारम्भिक बाल विकास केन्दमा कार्यरत कर्मचारीहरुको करिब शतप्रतिशत सेवा सुविधा वृद्धि, न्यूनतम पूर्वाधार विकासमा जोड साथै नमुना बाल विकास केन्द विकासको अवधारणा नगरपालिकाले लागू गरेको छ ।

सामाजिक, आर्थिक विवशताका कारणले छोरीहरुलाई गरिने लैंगिक विभेद, भु्रणहत्या न्यूनीकरणका साथै छोरीहरुको उज्वल भविष्यका लागि बचतमा प्रेरणा जगाउन र किशोरीमैत्री समाज निर्माणका लागि विभिन् न कार्यक्रमहरू सञ् चालन गरेको छ । आवधिक र दीर्घकालीन योजना तथा अवधारणा निर्माणमा लागिएको छ । लाभका क्षेत्रको पहिचान तथा प्राथमिकताका क्षेत्रहरू तोकेर वितरणात्मक भन्दा प्रतिफलमुखी योजनाहरूमा लगानी गर्ने नीति अख्तियार गरिएको छ ।

बजेट खर्च अनुसारको उपलब्धि हासिल भएको छ कि छैन ?
चालु आर्थिक वर्षसहित विगत तीन वर्षयता विकासतर्फ एक अर्ब पाँच करोड रुपैयाँ खर्च भएको छ । यसबाट जनताले प्रत्यक्ष रूपमा अनुभूति हुने गरी उपलब्धि हासिल भएको महशुस भएको छ । गुणस्तीय शिक्षा नभएको कारण शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसैगरी नगरपालिकाका ८७ वटा बस्तीमध्ये ८५ बस्तीमा सडक सञ्जाल जोडिएको छ । एक घर एक धाराको अवधारणालाई मूर्त रुप दिइएको छ । १४ वटै वडामा स्वास्थ्य संस्थाको व् यवस्था गरिएको छ। एक छोरी एक खाताका व् यवस्था गरी वार्षिक नगद हाल्ने व् यवस्था गरिएको छ ।

यो तीन वर्षमा के कस्ता चुनौती भोग् नुभयो ?
मुगु जिल्ला भौगोलिक हिसाबले ठगिएको जिल्ला हो । भौगोलिक विकटता मुख्य चुनौती रहेको छ। भौगोलिक विकटताले धेरै समस्या गरेको छ। सीमित साधन स्रोत र आन्तरिक स्रोत कमी हुनु पनि समस्या छ। त्यसमा बढ्दो बेरोजगारी, अशिक्षा, यातायातको असुविधा, आयस्रोतको कमी लगायतका धेरै चुनौती छन्। राजनीतिक खिचातानीले पनि विकासमा बाधा पु¥याएको छ ।


स्थानीय तह, प्रदेश र संघीयबीच काम गराइमा के कस्तो समन्वय रहने गरेको छ ?
देश विकास र समृद्धिका लागि जुन तीन तहका सरकारको अवधारणा छ, त्यो एकदमै राम्रो छ । तर, समन्वयको कुरा गरिरहँदा तीन तहका सरकारबीच समन्वय छैन । काम पनि आफ्नै किसिमले गराई छ । समन्वय नभएरै कतै कार्यक्रम, योजना दोहोरिने त कतै हुँदै नहुने परिस्थिति छ ।

जुन गाउँ टोलमा स्थानीय तहले योजना सञ्चालन गरी रहेको हुन्छ त्यही गाउँ टोलमा प्रदेश सरकारले योजना सञ्चालन गर्छ। यसले समुदायमा फाटो ल्याउने काम गरिरहेको छ । अर्को कुरा प्रदेश सरकारका योजनामा वडाको अनुगमनपछि भुक्तानी दिनुपर्ने हो, त्यो छैन। काम भएका छैनन् योजनाको पैसा गइसकेको हुन्छ ।

अबको दुई वर्षभित्रमा के के काम हुनेछन् ?
संघीयताको अभ्यास पहिलो पटक भएकाले केही काम गर्न असहज परिस्थिति भए पनि हामी अगाडि बढिरहेका छौँ । अब यस छायानाथ रारा नगरलाई देशकै सुन्दर नगरपालिका बनाउन गुरुयोजनामार्फत काम गर्नेछौँ । कभर्ड हल निर्माण, मुगु र हुम्ला जोड्ने मुगु कर्णाली नदीमाथि बेलीबिज्र, विद्युत् नपुगेका गाउँ टोलमा विद्युत् सेवा विस्तार गरिनेछ । शैक्षिक गुणस्तर कायम गर्न विद्यालय भवन तथा घरवारलाई बढ्वा दिनेछ ।

प्रारम्भिक बालविकास शिक्षालाई मजबुद बनाउन अविभावक शिक्षा सञ्चालन गरिनेछ । आगामी वर्षमा गौरवको योजनालाई प्रथामिकतामा राखी काम अगाडि बढाइने छ । अबका दुई बर्षमा जनतालाई अनुभति दिलाउने जस्ता काम गर्ने प्रतिवद्धता गर्दछौँ । विषयगत कार्यालयहरु, विकास साझेदारहरु, निजी क्षेत्र तथा नागरिक समाजहरुसंगको निरन्तर समन्वय र साझेदारीको अवधारणा आत्मसात गरी आगामी पाँच वर्षमा विकासका पूर्वाधारहरु तयार गर्दै सामाजिक रुपान्तरणको लक्ष्य नगरपालिकाले राखेको छ ।

जनताले स्थानीय सरकारबाट गरेको अपेक्षा पूरा भए जस्तो लाग्छ ?
यो कुरा हामीले भन्नु भन्दा पनि आम नागरिकलाई भन्नुपर्ने हो । विगतको संरचना र अहिले संघिय संरचना पछिका क्रियाकलापलाई हेर्ने हो भन्ने हाम्रो नजरमा नागरिकले आशा गरेको अनुभूति पूरा भएकै छन् जस्तो लाग्छ ।

पर्यटकीय क्षेत्र रारा पनि यहाँको नगरपालिकामै पर्छ । के छ राराको कोरानापछिको अवस्था ?
कोभिड १९ का कारण र नेपाल सरकारले जारी गरेको बन्दाबन्दीले आठ महिनासम्म रारा पर्यटकविहीन भयो। तर, पछिल्ला समय रारा घुम्न आउने पर्यटक बढ्दोक्रममा छन् । अहिलेका दिनमा एकदेखि दुई सयसम्म पर्यटकहरु रारा घुम्न आइरहेका छन् । विस्तारै आफ्नो लयमा फर्कने क्रममा रहेको छ । पछिल्लो पुस महिना लागेसँगै चिसोका कारण पर्यटक रारा आउने कमी भए पनि हिउँ परेमा आउने विश्वास लिएका छौँ ।

रारामा पर्यटकहरु आकर्षित गर्न के के योजना बनाउनु भएको छ ?
पर्यटकीय सम्भावनाहरुले भरि पूर्ण यस नगरपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा चिनाउन नगरपालिकाले होमस्टे प्रवद्र्धधन कार्यक्रम सञ्चालन गरेको छ । रारा आसपास क्षेत्र तथा गमगढी क्षेत्रमा पनि व्यवस्थित होटल तथा लजको नभएको अवस्थामा विकल्प प्रदान गर्न स्थानीय कला, संस्कृति, भेषभूषा तथा रहनसहनलाई नजिकबाट चिनाउनको लागि पनि होमस्टे प्रवर्द्धन कार्यक्रम अगाडि सारिएको छ।प्रदेश सरकारको काम गराईले गाउँ–समाजमा फाटो ल्यायो । (थाहाखबर)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार