ताजा खबर

‘क्याम्पसको पढाइ छाडेर लोकसेवाको तयारीमा जुटेँ’

टेकबहादुर वली
प्रमुख प्रशासकीय अधिकृत, बराहताल गाउँपालिका, सुर्खेत

सफलता भाग्यमा होइन, कर्ममा हुन्छ । किनकी कर्म गर्नेहरु नै सफलताको शिखरसम्म पुगेका छन् । तर सफलतालाई चुम्नका लागि मेहनत र परिश्रमले मात्रै पुग्दैन । आफूविरुद्ध उभिनेहरुलाई पनि परास्त पार्न सक्नुपर्छ । हो, त्यही गरे टेकबहादुर वलीले पनि । उच्च शिक्षा पढ्न खेत नै बिक्री गर्नुप¥यो । तेरो ‘छोरा सपनामा रमाउन थाल्यो’ यसले तिमीहरुलाई सडकमा पु¥याउँछ’ कतिपयले बाआमालाई यस्तै कुरा सुनाए । तर उनीले आफूविरुद्ध बोल्नेहरुको कुरा सुन्दै सुनेन्न् । आफ्नो कर्म छोडेनन् । त्यही लगावले सफलतामा पु¥यायो । प्रस्तुत छ, हाल बराहताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उनै वलीको जीवन भोगाइ र कर्मचारी क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

विहान–बेलुका मेलापात
टेकबहादुर बुवा टंक र आमा पविसराका पहिलो सन्तान हुन् । मध्यम कृषक परिवारमा २०४८ साल असार २२ गते सुर्खेतको लेकबेशी नगरपालिका–७ लमनामा उनको जन्म भएको हो । किसानको छोरा । गाउँले जीवनशैली । मेलापात परिवारको मुख्य दैनिकी । टेकबहादुर पनि यसैलाई पछ्याए । सानैदेखि बाआमासँगै मेलापाते गर्न थाले । हुर्किदै जाँदा स्कुल पढ्न थाले । त्यसपछि दैनिकी बदलियो तर मेलापात छुटेन । दिनभरी स्कुल र साँझविहान मेलापात गरे ।

पढाइमा अब्बल
मध्यम बर्गिय परिवारमा जन्मिएका टेकबहादुरको पढाइ पनि मध्यम थियो । प्राथमिक तहसम्म दोस्रो र मावि तहसम्म कक्षामा प्रथम भए । उच्च शिक्षाका सबै तहहरु प्रथम श्रेणीमै पुरा गरे । गाउँकै लक्ष्मी प्राथमिक विद्यालय कखरा चिने । त्यही स्कुलबाट कक्षा १ देखि ५ सम्मको पढाइ पुरा गरेका उनले सरस्वती माध्यमिक विद्यालय कल्याणबाट कक्षा ६ देखि १० सम्म अध्ययन गरे । २०६३ सालमा एसएलसी उत्तिर्ण भएपछि वीरेन्द्रनगरको जन माविबाट उच्च शिक्षाको सुरुवात गरे । जन माविकै हात्ताभित्र रहेको तत्कालीन पब्लिक साइन्स क्याम्पसबाट स्नातक तह पुरा गरे । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह पुरा गरेका उनी जनप्रशासन र कानुनका पनि विद्यार्थी हुन् ।

डाक्टर बन्ने त्यो सपना
एसएलसीपछि टेकबहादुरले विज्ञान विषय अध्ययन गरे । तीन रोपनी जग्गा बिक्री गरेर प्लसटु पुरा गरे । प्लसटु सकिएपछि उनलाई डाक्टर बन्ने रहर जाग्यो । तर रहरले मात्रै डाक्टर पढ्ने सम्भव थिएन । ‘कतै छात्रवृत्तिमा नाम निकाल्न पो सकिन्छ कि ?’ प्रवेश परीक्षाको लागि तयारी पनि गरे । तर छात्तवृत्तिमा नाम निस्किएन । छात्रवृत्तिमा कोटामा सफल नभएपछि डाक्टर बन्ने सपना त्यागी दिए । शुल्क तिरेर डाक्टर पढ्न आर्थिक स्रोत थिएन । ‘खेतिपातीेबाट आम्दानी हुन्थेन्, खान मात्रै पुग्थ्यो’ उनी भन्छन्, ‘आर्थिक स्रोत नभएकै कारण डाक्टर पढ्ने सपना पुरा भएन ।’


पढ्दै–पढाउँदै
डाक्टर बन्ने सपना बोकेर काठमाडौं छिरेका टेकबहादुर पुनः सुर्खेत फर्किए । वीरेन्द्रनगरमै बसेर उच्च शिक्षा पुरा गर्ने योजना बनाए । जन माविको हाताभित्रै पब्लिक साइन्स क्याम्पस थियो । त्यही क्याम्पसबाट वीएसीको पढाइलाई निरन्तरता दिए । तर वीरेन्द्रनगरमा बसेर पढ्न पनि कहाँ सहज थियो र ? अब उनी आफैले कमाउँदै पढ्नदै गर्नुपर्ने भयो । त्यसपछि विहान पढ्ने र दिउँसो पढाउने गर्न थाले । तीन वर्षभन्दा बढी समय पढ्दै र पढाउँदै गरेर विताए ।

पढाइ छोडेर लोकसेवाको तयारी
स्नातकको पढाइ सकियो । तर स्थायी जागिरको टुङ्गो लागेन । उमेर र समयले स्थायीत्व खोज्ने थाल्यो । त्यसपछि स्थायी जागिरको योजना बुने । केही समय पढाइलाई रोक्ने योनजा बनाए । किनकी क्याम्पस नगएरै एमएसी पुरा गर्न सम्भव थिएन । पढाइ छोडेर लोकसेवा आयोगको तयारी गरे । नायव सुब्वा र अधिकृत दुबैको तयारी गरे । पहिलो वर्षमै नायव सुब्बा बन्न सफल भए । २०७२ सालमा निजामति क्षेत्रमा प्रवेश गरे । बर्दियाको महिला तथा बालबालिका कार्यालय पहिलो कार्यथलो बन्यो ।

त्यहाँ करिव नौ महिना विताए । २०७३ सालमा पुनः अधिकृतको परीक्षामा सफल भए । अफिसरको तालिम नसकिदै मुलुक संघीय संरचनामा गयो । सबै अधिकृतहरु स्थानीय तहको निर्वाचनमा खट्नुपर्ने समय आयो । हुम्लाको अदानचुली गाउँपालिकामा निर्वाचत गराउनेसहितको जिम्मेवारी उनको काँधमा आयो । अधिकृतका रुपमा २०७३ चैत १० गते अदानचुलीको जिम्मेवारी सम्हाले । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरे । करिव १० महिनासम्म अछामको ढकारी गाउँपालिकामा सरुवा भए । ढकारीमा करिव तीन वर्ष सेवा गरे । गएको पुस २२ गतेदेखि उनले सुर्खेतको बराहताल गाउँपालिकाको नेतृत्व सम्हाल्दै आएका छन् । अब जागिर सँगसँगै अनुसन्धान तहको अध्ययन पुरा गर्ने र प्राप्त ज्ञानहरु राष्ट्रिको विकास निर्माणमा सुम्पिने उको अठोट छ ।

ति दुःख, जसले सफलता मिल्यो
गाउँघरमा खेतिपाती गरेर मनग्य आम्दानी गर्न प्राय असम्भव जस्तै छ । प्रशस्त खेतबारी भए पनि सिचाइँ सुविधा नहुँदा न्यून उत्पादन हुन्छ । व्यावसायिक कृषि प्रणालीले गाउँघर छोएकै छैन । यस्तै गाउँले परिवेशमा हुर्किएका हुन् टेकबहादुर पनि । जसका कारण उनको बाल्यकाल सुखद् रहेन । आर्थिक रुपमा मजबुत नहुँदा जीवनको करियर बसाल्न उनले हजारौ हन्डर र ठक्करसँग सामना गर्नुप¥यो ।

खेत बेचेर उच्च शिक्षा हाँसिल गरे । ‘अब तेरो छोरो बौलाउन थाल्यो, तिमीहरुलाई रोडमा पु¥याउँछ’ यही बेला अधिकांशले बाआमालाई यस्तै शब्दहरु सुनाउँथे । तर छोराको मनोवल घट्ला कि भनेर सबै कुरा बाआमाले प्रष्ट भन्थेनन् । तर अरुले लगाउने नराम्रा लाल्छनाहरु उनको कानसम्म पुग्थे । ‘मलाइ पढाउने पैसा नभएपछि बुवाले तीन रोपनी खेत बिक्री गर्नुभयो’ उनी भन्छन्, ‘खेत बिक्री गरेरको देखेर सबैले मेरो कुरा काटे, कतिको त अपमान सहनुप¥यो ।’ जति अरुले उनको कुरा काटे पनि हिम्मत नहारेका कारण सफलता प्राप्त भएको उनको तर्क छ । संघर्षदेखि कहिलै नथाल्ने टेकबहादुर निजामति क्षेत्रम प्रवेश गर्दा सबैभन्दा खुशी प्राप्त भएको बताउँछन् । (२०७७ फागुन २ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकको राष्ट्रसेवक स्तम्भमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार