अनियमितता नरोकिएसम्म विद्यालयको ताला खोल्दिनँ, अध्यक्ष

कालिकोट, ८फागुन ।

विद्यार्थीलाई अधुरो भवनमा राखेको भन्दै आफूले विद्यालयको भवनमा ताला लगाएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताएका छन् । पलाँता गाउँपालिका–१ खाडाको गणेश आधारभूत विद्यालयको दुईकोठे भवन निर्माण सम्पन्न नभएको भन्दै केही समयअघि ताला लगाइएको थियो । 

केही संञ्चार माध्याममा नराम्रो भ्रम फैलाउन गाउँपालिका अध्यक्षले नै विद्यालयमा ताला लगाएर भनेर प्रचार बाजी गरेको प्रति आफ्नो घोर आपत्ति रहेको उनले बताएका छन् । ‘आफ्नो निजी लगानीबाट भवनका लागी हालेको बजेट हो । भवन निर्माण सम्पन्न भएको छैन । लगानीअनुसार काम पनि भएको छैन । निर्माण भइरहेको भवनमा जोखिममै विद्यार्थीलाई राखिएको छ,’ उनले भने ।

लगानीअनुसार काम नभएको प्राविधिक स्टिमेटअनुसार पनि काम नभएको भन्दै गुणस्तरहीन काम रोक्न ताला लगाउनुपरेको उनको भनाइ थियो । उपभोक्ता समिति र विद्यालयलको मिलेमतोमा अधुरो भवनमा हतारमा विद्यार्थी राखेपछि छानबिन नभएसम्मका लागि ताला नखुलाउने पनि उनले चेतावनी दिए । यस भवनको अझै भुक्तानीको काम सकिएको छैन ।

तपाईको प्रतिक्रिया