खुल्ला आकाशमा बालबालिका

सल्यान, ८फागुन ।

आमाबुवासँगै कारागारमा बस्दै आइरहेका पाँच बालबालिका खुला आकासमा बस्न बाध्य भएका छन् । आमाबुवाले गरेको गल्तीका कारण कारागारमै बस्दै आइरहेका पाँच बालबालिकाहरु प्रजातन्त्र दिवसको अवसरमा आमाबुवासँगै बाहिर आउँदा बेघर भएका हुन् । 

घरमा संरक्षकको अभाव हुँदा उनीहरू कारागारमा बुवाआमासँग बस्दै आएका थिए । कारागार प्रमुख बलबहादुर केसीका अनुसार उनीहरूका बुवाआमा बहुविवाह मुद्दाका कारण कारागार जीवन भोगिरहेका थिए ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सल्यान करागारबाट सात कैदीबन्दीको कैद मिनाहा भएको छ । बहुविवाह र कर्तव्य ज्यान मुद्दाका सात कैदीबन्दीको कैद मिनाहा गरिएको हो

तपाईको प्रतिक्रिया