मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’

८ फागुन,

दर्शक र स्रोतामाझ निकै लोकप्रिय बनेको ‘फुलबुट्टे सारी’ बोलको गीत मदनकृष्ण श्रेष्ठले गाएका छन् । उनको स्वरमा तयार भएको गीत मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । ‘लेजेन्डरी भर्जन’ भनिएको यस गीतको भिडियोमा मदनकृष्ण आफैँ फिचर भएका छन् । मदनको जोडीका रूपमा अभिनेत्री मिथिला शर्माले अभिनय गरेकी छिन् । भिडियोमा पनि बुढेसकालको प्रेमलाई देखाइएको छ । फूलबुट्टे सारीलाई राजनराज सिवाकोटीले लेखेका हुन् । 

गीतमा संगीत पनि सिवाकोटीकै छ । यसअघि सार्वजनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए ।

मेल भर्जनले युट्युबमा १ करोड ८६ लाख भ्युज पार गरेको छ भने फिमेल भर्जनले छोटो समयमा नै ३ करोड भ्युज नाघेको छ । यी सबै भर्जनको भिडियो निर्देशन राजेश पुमा राईले गरेका छन् । उत्सव दाहालले खिचेका भिडियोहरुलाई विकास दाहालले सम्पादन गरेका छन्

तपाईको प्रतिक्रिया