सल्यानका दुई प्रतिशत वालवालिका कुपोषित

सल्यान,८ फागुन ।

सल्यानका २ प्रतिशत बालबालिका कुपोषित रहेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले तथ्यांक सार्वजनिक गरेको हो । जसमा जिल्लाभरको बालबालिकाको अबस्थालाई हेर्दा कुपोषित बालबालिकाको संख्या २ प्रतिशत रहेको पाइएको छ ।   

स्वास्थ्य संस्थाहरुमा गरिएको बालबालिकाहरुको तौलको आधारमा यस्तो तथ्यांक सार्वजनिक भएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो उहाँले जिल्लाभर कुपोषित बालबालिकाको संख्या अझै धेरै हुनसक्ने बताउनुभयो ।

‘अहिलेसम्मको तथ्यांकलाई हेर्दा २ प्रतिशत देखिएको छ, त्यो तौल जाँच गरेकाको संख्या मात्रै हो, गाउँघरमा त्यस्ता खालका बालबालिका अझै धेरै भएको हुन सक्छन्’ उहाँले भन्नुभयो । कार्यालयका अनुसार जिल्लाको दार्मा गाउँपालिकामा सबै भन्दा धेरै कुपोषित बालबालिका भेटिएका छन् ।


जिल्लाको भूबनोट र खाने बानीमा भएको समस्याका कारण बालबालिकामा कुपोषण देखिएको उहाँको भनाई छ । उहाँका अनुसार कुपोषणको मुख्य दोष गरिबी नै हो । ‘जिल्लाको सबै क्षेत्रका बालबालिकामा पोषणको अवस्था कमजोर नै रहेको छ, त्यसमा पनि दार्मा गाउँपालिकाका बालबालिकामा अझ बढी छ’ उहाँले भन्नुभयो । बिहान बेलुकाको राम्रोसँग दुई छाक टार्नसमेत समस्या भएपछि बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन समस्या भएकै कारण कुपोषण भएको बताइएको छ ।

खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने सुचना अधिकारी डिसीको भनाई छ । गाउँघरमा खाना पोषिलो भन्दा पनि छाक टार्नका लागि खाने गरेकाले यस्तो समस्या देखिएको उहाँले जानकारी दिनुभयो । कार्यालयका अनुसार जिल्लाभरका ३७ प्रतिशत गर्भवति महिलाहरु घरमा नै सुत्केरी हुने गरेको पाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार