स्थानीयले घेरे नगरपालिका

सुर्खेत८ फागुन ।

स्वास्थ्य सेवा माग गर्दै वीरेन्द्रनगर–८ का स्थानीयले नगरपालिका घेराउ गरेका छन् । शहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी रुपमा स्वास्थ्य सेवा नदिएको भन्दै नागरिकले नगरपालिका घेराउ गरेका हुन् । 

‘आँगनमै स्वास्थ्य सेवा केन्द्र भए पनि सेवा पाइदैन’ स्थानीय तुल्सी पुलामीले भनिन्, ‘स्वास्थ्य सेवा माग्न नगरपालिका घेराउ गरेका हौँ।’ स्वास्थ्य सेवा प्रभावकारी बनाउन वडा कार्यालय र जनप्रतिनिधिलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्था गरेका कारण नगरपालिका घेराउन गर्न बाध्य भएको उनको भनाई छ ।


यस्तै कोरोनाको महाना बनाउँदै कर्मचारीले सेवाग्राही गेटबाट प्रवेशन नदिने गरेका कारण आन्दोलन गर्नु परेको अर्का स्थानीय सुनिता सुनारले बताइन । यता शहरी स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज प्रेमा थानीले भने सीमित स्रोत साधनबाट केन्द्रले उपलव्ध गराउने सेवाहरु दिइरहेको दाबी गरेका छिन् ।

केन्द्रले दिने सबै सेवाहरु सहजरुपमा उपब्ध गराउँदै आएको उनको भनाइ छ । थोरै कर्मचारी भएका कारण सेवा प्रभाहमा केही सहज भएको उनको तर्क छ । हाल तीन जना कर्मचारीहरु कार्यरत छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार