भारतमा चक्कु प्रहार गरी वकिल दम्पतीको हत्या!

८ फागुन,
भारतको तेलंगानाको पेड्डापल्ली जिल्लामा एक चर्चित वकिल दम्पतीको बीच सडकमा हत्या भएको छ । जी वमन राव नाम गरेका वकिल आफ्ना पत्नीसँग हैदराबाद जाँदै गरेको समयमा उनीमाथि आक्रमण भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बीच सडकमा केही मानिसहरुले उनको कार रोकेर दम्पतीलाई चक्कुले आक्रमण गरेका थिए ।   

मंतली प्रहरीका अनुसार उनीहरुलाई घटनापछि वकिल दम्पतीलाई अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । तेलंगाना र आन्ध्र प्रदेशको बार एसोसिएसनले घटनाको निन्दा गर्दै पीडित परिवारलाई सरकारले आवश्यक सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया