कर्मचारी,जनप्रतिनिधि र पत्रकारले लगाए कोरोना खोप

दुर्गा विसी
सल्यान, ८ फागुन ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि, कर्मचारी र पत्रकारले कोरोना खोप लगाएका छन् । स्वास्थ्य चौकी देवस्थलमा विहान १० वजेबाट सुरु भएको खोप कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको खोप लगाउनेको भिड देखिथ्यो ।

खोप लगाउन हिच्चकिचाई रहेका जनप्रतिनिधि र कर्मचारीहरुको खोप पश्चातको स्वास्थ्य अवस्था भने समान्य रहेको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलको भनाई रहेको छ । नगरमा रहेका स्वास्थ्य क्षेत्रका कर्मचारीले भने पहिलो चरणको खोप लगाइ सकेका छन् । दोस्रो चरणमा भने धेरै जनप्रतिनिधि, पत्रकार,बैंक वित्तीय संस्था,प्रहरी स्वास्थ्यकर्मी र नगर तथा वडाका कर्मचारी गरेर १ सय ३६ जनाले कोभिड खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया