कुपिण्डे ताल संरक्षणमा ६ करोड ८१ लाख वजेट निकासा

दुर्गा विसी
सल्लीबजार, ८ फागुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको मिनि रारा नामकरणले सुप्रसिद्द कुपिण्डे ताल संरक्षणका लागि ६ करोड ८१ लाख वजेट निकास भएको छ । संघीय सरकार पर्यटन मन्त्रालय अन्तर्गतबाट बनगाड कुपिण्डे नगरपालिका र नेपाल सरकार उक्त मन्त्रालयको साझेदारमा सो काम अघि वढाइने भएको छ ।

सडक स्तरउन्नति, शौचालय, खोला नियन्त्रण, पार्किङ स्थल र मन्दिर निर्माण कार्यमा सो रकम खर्च हुने जनाएको छ । प्राविधिक स्टेमेटका तयारी थालिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भएको छ । सबै काम पिसपिसमा हुने जनाएको छ । कुपिण्डे संरक्षणका लागि मागे अनुसारको प्रयाप्त वजेट निकासा भएको जनाएको छ ।

तालसम्म पुग्ने सडक पिच र पुरिँदै जान थालेको तालको संरक्षणमा वढि काम हुने नगर प्रमुख गोविन्द कुमार पुनको भनाई छ । वरपरका खोलहरुबाट आएको बाढीले बर्षेनि ताल पुरिने चिन्ता बढेको छ । त्यसैगरी उक्त भरिएका ढुंगा, माटो हटाउने जनाएको छ र तालको स्वरुप समेत बढाउने उहाँको भनाई छ ।

ताल किनारसम्म त्यसैका निम्ति सडक लगिएको अब त्यसलाई सुधार गर्ने भनाई छ । कुपिण्डे संरक्षण तथा प्रवद्द्नमा यति ठुलो वजेट आएको भनेको यो पहिलो हो । विभिन्न काम गर्ने पलानका साथ नगरले बजेट माग भए अनुसार रकम आएको जनाएको छ । सडक पिच, पार्किङ, मन्दिर र शौचालय लगायतका क्षेत्रमा काम हुने जनाएको छ । ताल संरक्षण पर्यटन प्रवद्र्धनमा नगरले गराएको गुरु योजना अनुरुप काम अघि वढ्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया