हैन ! के हो के यो फेस बुकाँ !

हैन ! के हो के यो फेस बुकाँ ! फेरि बामदेवका केन्द्रीय सदस्य भनेर सुर्खेतका १० जना नेताऽऽ नाम आउँछ त हँ । हाम्ले त तिनरलाई ओलिबाका कार्यकर्ता भनेर चिन्थिम फेरि आजाट बामदेवका कार्यकर्ता भनेर चिन्न पर्ने भो त । भन्नाले कमिनिष्ट पाटिनि काँगे्रस पाटिको जस्तो देउवा,रामचन्द्र र सिटौला भन्याजस्तो ओलि,प्रचण्ड र बामदेब हुने भो हैन त । लौ तिमरले नि गरि खाने भउ । नेपालाँ दलको अनिकाल नहुने भो । 

पाटि फुटाउन र गुठ बनाउन गुरुको भूमिका खेल्या काँगे्रसले चेला चपेटा चाइँ बहुतै बनायो । ऐले तिनै चेलाले भकाभक् पाटि खोलेछि अब काँगे्रसको ठाम कमिनिष्टले ले भन्दा हुने भो । हैन राजनीतियाँ काँ तान्दा काँ पैरो जान्छ भन्या साँचै रैछकि क्या ? महाधिबेसनका लागि काँगे्रसीहरु लुछाचुँड ग¥या बेला कता मेसो विग््रयो कुन्नि कमिनिस्टहरु लडाभाँति गरे । लडाइँको मैदानाँ उत्र्या प्रचण्ड र ओलिबाले पाटि फुटालाफुटाल गरिम भनेर सडकाँ सत्तोसराप गर्दै उत्रे दिनकै जुलुस र आमसभा चलेकै छन । एकले अर्कालाई गालि गरेकै छन ।

आज यौटाले अर्कोलाई पाटियाट निकाल्छ अर्कोले पाटि बनाउँछ तर निर्बाचन कार्यालयले पाटि फुट्या भन्दै भन्दैन अनि यस्तै किचलो पर्या बेलाँ फेरि बामदेव गर्जेर अर्को पाटि बनाएर केन्द्रीय कमिटिको नाम सार्बजनिक गर्या कुरा फेस बुकाँ आउँछ । राजनीतिक दलका लागि यो भन्दा ठूलो अबसर के हुन सक्छ र ! बरु बामदेवले उहि पुरानै माले पाटिलाई आफ्नो भनेकि अरु केइ समाएर गए कुन्नि । पैले माले हँुदा नि ४० सटिाँ ऐयुऐयु बनाकै हुन जित्न पो सकेनन त । अब पनि त्यै पाटिलाई आफ्नो बनाएर गए भने त धेरै ठाँ चुनाउ जित्न, त्यति नभए प्रचण्डलाई र ओलिबालाई आच्छुआच्छु पार्न सक्छन नि । त्यसैले बामदेबकि जय भनेर हिँडनेको जिन्दगीनि त्यत्ति नराम्रो चाइँ छैन है ।


सुर्खेतका दशोटा यूवाले जुन सपना देखाए त्यसैलाई अनुसरण गरेर अरुनि ग एभने ओलिबाको क्याम्प रित्तिननि बेर छैन । हुनत ओलिबा १४ गते हुँक्कार हाल्न वीरेन्द्र नगर आउने भन्ने कुरो नि गर्दै छन । त्यो दिनफेरि कतिकतिले कुन कुन पाटि छोडने हुन । यो राजनीतिको खेलभन्या यस्तै रैछ जति धेरै जनता बेबकुफ बनाउ त्यति सत्ताँ रमाउ भन्ने हुँदोरैछ । ऐले ओलिबाले बेबकुफ बनाछन भोलि प्रचण्डले बेबकुफ बनाउँछन । त्यै लाइनाँ बामदेवनि आएर बसे हेरम । गणतन्त्रको कोलाहलमा भेडा हुने मन छ भन्दै बस्दै गर्ने त होलानि ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार