सेनाको कारबाहीमा आइएस विद्रोही मारिए

५ फागुन,

अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशे ष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स्  विद्रो ही समूहका सात जना लडाकू मारि एका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ । प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारी लगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुर क्षा अधिकारीहरुले चार ओटा आत्मघाती भेस्ट, तीन ओटा एके– ४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ । नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा के ही बताएका छैनन्

तपाईको प्रतिक्रिया