सुर्खेत, ५ फागुन ।
(युस) कर्णाली प्रदेश सरकारले तीन वर्षमा सातसय ८७ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै सरकारले ती काम गरेको जनाएको हो । त्यस्तैआठ किलोमिटर सडक कालोपत्रे एकसय ६७ किलोमिटर सडक ग्राभेल गरेको छ । पाँच वटा सडक पुल निर्माण भएको, १२ वटा झोलुंगे पुल निर्माण गरि एको, जनता आवास कार्यक्रममार्फत १३ सय ३५ घर बनाइएको उल्लेख छ ।
४२ हजार चारसय ५४ थप जनसंख्यामा खाने पानी सेवा उपलब्ध गराइएको, चारहजार दुइसय हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने काम भएको मुख्यमन्त्री शाहीले बताए । यस्तै प्रदेश अस्पताललाई तीनसय शैंयामा स्तरोन्नति र जिल्ला अस्पताललाई ५० शैंया हुने गरी पूर्वाधार विकास तथा जनशक्ति व्यवथापन गरि एको मुख्यमन्त्री शाहीले बताए । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनी र सभामुख राजबहादुर शाहीले सोमबार सार्वजनिक गरेको तीन वर्षे प्रमुख उपलब्धिहरूको संक्षिप्त उपलब्धि पुस्तीका सार्वजनिक गरेका हुन् ।
युग संवाददाता । । ५ फाल्गुन २०७७, बुधबार ०७:४१