सम्पादकीय : कोरोना खोप अभियान

कोरोना अर्थात एउटा महामारी रोग । झण्डै एक वर्षदेखि मानव समुदायलाई चुनौति दियो । विश्वको आतंकिन तुल्यायो । अर्थतन्त्रमा ठूलो गिरावट ल्यायो । नागरिकलाई घरभित्रै बन्धन बनायो । अब भने कोरोना आतंक कम हुँदै गएको छ । कोरोनाकाल अन्त्य हुने तर्खरमा छ । विश्वले कोरोनालाई बाइ–बाइ गर्न थालेका छन् । विगत दुइ महिनादेखि विश्वका अधिकांश देशमा कोरोना खोप अभियान सुरु भएको छ । नेपालमा पनि तीन हप्तादेखि कोरोना खोप अभियान तीब्र पारिएको छ । दुई हप्ताअघि पहिलो चरणको खोप अभियान सम्पन्न भए लगत्तै आइतबारदेखि पुनः दोस्रो चरणको खोप अभियान सुरु भएको छ । तर कर्णाली प्रदेशसहित देशभर अपेक्षित रुपमा अभियान सफल भएन । औषदमा अभियान सफल भए पनि तोकीएका सबै व्यक्तिले खोप लगाउन पाएनन् । प्रदेशमा ११ हजार सातसय ८० जनालाई खोप दिने तयारी भएपनि प्रदेशभर कुल नौँ हजार चारसय २० जनाले खोप लगाएका थिए ।

पहिलो चरणमा अपेक्षाकृत उपलब्धि हाँसिल हुन नसक्नुको एउटै कारण प्रचार– प्रसारको अभाव नै हो । किनकी कतिपयले परीक्षणका लागि कोरोना खोप लगाइएको गलत तर्क गरे । कतिले प्रभावकारी छैन भन्ने जस्ता प्रश्न उठाए । यो अन्यौलता सरकारले चिर्न सकेन् । परिणामतः स्वास्थ्यकर्मीदेखि तोकीएका व्यक्तिहरु खोप लगाउन डराए । हतारहतारमा अभियान सञ्चालन गर्दा दुर्गम क्षेत्रमा खोप कहाँ र कहिले लगाइदै छ भन्ने जानकारी भएन । सायद यही भोगाइबाट पाठ सिक्दै कर्णालीमा दोस्रो चरणको खोप अभियानलाई सफल बनाउन प्रचार–प्रसारलाई तीब्र पारिएको छ । प्रचार–प्रसारलाई प्रभावकारी बनाउन स्थानीय पालिका, सञ्चार माध्यम स्वयमसेविकाहरुलाई खटाइएको छ । खोपको नकारात्मक असर नभएको भन्दै लक्षित बर्गको ढुक्क भएर खोप लगाउन अनुरोध गर्दै आएको छ ।


तर यतिले मात्रै अभियान सलफ हुने सम्भावना छैन । जसका लागि खोप लगाएपछि देखिने सामान्य लक्षण जस्तै ज्वरो आउने, शरीर चिसो हुने र टाउको दुख्ने जस्ता लक्षणका विषयमा पनि नागरिकलाई बुझाउनु पर्दछ । त्यस्तै खोप केन्द्रहरुको बारेमा पनि समयमै जानकारी दिनुपर्दछ । खोप लगाउनै पर्ने कारणहरु नागरिकलाई बुझाउनुपर्दछ । खोप लगाउँदाका फाइदाहरु पनि सम्झाउनु/बुझाउन सक्नुपर्दछ । यति गर्न सकिएको खण्डमा खोप अभियान प्रभावकारी बन्न सक्छन् । तसर्थ खोपको विषयमा फैलाइएका नकारात्मक भ्रम चिर्न आवश्यक छ । प्रभावकारी प्रचार–प्रसार र खोपका विषयमा फैलाइएका भ्रमलाई चिर्न सकिएमात्रै खोप अभियान सफल पार्न सकिन्छ । अब खोपका नकारात्मक भ्रमहरु चिरी । प्रचार–प्रसारलाई तीब्र पार । खोप लगाउँदाका फाइदाहरु बुझाउ र दोस्रो चरणको खोप अभियान सफल पार ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार