प्रचण्ड खत्री
रुकुम पश्चिम, ३ फागुन ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका अन्तरगत कृषि बिकाश शाखा कार्यालयले ओखरका बिरुवा वितरण गरेको छ । १ देखि १० नम्बर वडा भित्रका किसानलाई ओखरका बिरुवा वितरण गरेको कृषि बिकाश शाखाका कार्यालय प्रमुख लोकेन्द्र ओलीले जानकारी दिए ।
२५ सय टर्की र खेम खुवटे जातका बिरुवा वितरण गरेको कार्यालय प्रमुख ओलीले बताए ्र ४ नम्बर वडामा बाहेक सबै वडामा किसानलाई वितरण गरेको हो । वडा नम्बर १ मा १०० सय, वडा नम्बर २ मा २ सय ५०, वडा नम्बर ३ मा १ हजार, वडा नम्बर ५ मा २ सय ५०, वडा नम्बर ६ मा २५० वडा नम्बर ७ मा २ सय ५० वडा नम्बर ८ मा १ सय वडा नम्बर १० मा ४ सय बिरुवा किसानलाई वितरण गरिएको कृषि बिकास शाखाले जनाएको छ । वडा नम्बर ९ १ सय १० वितरण गरीयको हो ।
राष्ट्रिय फलफुल बिकास केन्द्रको ७ लाख सशर्त अनुदानमा ओखरका बिरुवा किसानलाई वितरण गरिएको छ । सबै वडाका किसानलाई ब्यबसायिक रुपमा खेती गर्ने स्थानीयलाई वितरण गरिएको बताएको छ । ५० प्रतिशत अनुदानमा कृषकले बिरुवा पाएका छन् । बिरुवा पाएपछी किसानले खुशी व्यक्त गरेका छन् ।
युग संवाददाता । । ३ फाल्गुन २०७७, सोमबार १४:१६