सपनाले आत्म ह त्या गर्छु भनेपछि बिनयजंगको भाई मिडियामा,सपनालाई दिए हार नखान सुझाब

काठमाडौ २ फागुन । सुनिल केसीलाई सबैले विनयजंग बस्नेतको भाई भनेर उल्लेख गर्छन । तर उनी जैविक रुपमा उनी विनयजंगका भाई होइनन् । उनले सम्बोधनका क्रममा दाई भन्ने गरेको र संगै सहकार्य गरेका कारण दाई भन्ने गरेको बताएका छन् । सार्वजनिक रुपमा आफुले दाई भनेर सम्बोधन गरेका कारण अरुलाई उनको जैविक भाई नै हो की भन्ने भ्रम भएको हुनसक्ने बताएका छन् ।उनले विनयजंगसंग केही समय संगै काम गरेको बताएका छन् । उनले यस्ता सामाजिक काममा लागेको दुई दशक भएको बताएका छन् । 

खेलकुद, कलाकारीता, वृद्धवृद्धाहरुलाई सहयोग गर्ने र भुकम्पकको वेलामा पनि सहयोग गर्न गाउँ गाउँमा पुगेको आफ्नो सामाजिक क्षेत्रको कामका बारेमा बताएका छन । उनले विनयजंगलाई दाई भनेर सम्मान गर्ने भएपनि उनको गल्तीका बारेमा भने भन्न नडराउने बताएका छन् ।उनले वेवारिसे शव ब्यवस्थापनमा लागेका विनयजंग र बीबीसीमा सय प्रभावशाली महिलाको लिष्टमा परेकी सपना रोका मगरकाबीचको विवादका बारेमा पनि कुरा खुलाएका छन् । उनले समाजसेवामा लागिसकेपछि ठूलो मुटु बनाएर लाग्नुपर्ने बताउँछन् ।   

यहाँ समाजसेवाका बारेमा नबुझि आफुलाई समाजसेवी भन्दै दावी गर्नेहरु बढेको बताएका छन् ।उनले विनयजंगले गरेको काम ठूलो पाप भएको बताएका छन् । उनले कसैको पनि विगत उठाएर चुनौती दिन नहुनेजानकार िदिए । सबैको भविष्य हुने र त्यसमा केही गल्ती हुने भएकाले त्यसलाई ल्याएर भविष्यलाई धमिल्याउने काम गर्न नहुने बताएका छन । सपनालाई खुलेआम सामाजिक सञ्जालमा चुनौती दिनु विनयजंगको गल्ती भएको उनको भनाईरहेको छ ।

तपाईको प्रतिक्रिया