जहाँ मानिसलाई जिउँदै गाड्ने गरिन्छ !

१ फागुन, देश अनुसार भेष भनेझै हरेक समुदाय र ठाउँ अनुसार नै परम्परा र संस्कृति भिन्न हुन्छन् । आज हामी एक यस्तै परम्पराबारे जानकारी गराउँदैछौं । जो सुन्दा अपत्यारिलो लाग्छ । यो अनौठो परम्परामा जिउँदो मानिसलाई गाड्ने गरिन्छ। क्यूवामा बुजी फेस्टिबलका नामले यो प्रथा निकै चर्चित छ । यो पर्वमा जिउँदो व्यक्तिलाई गाड्ने गरिन्छ । कुनै एक व्यक्तिलाई ताबुतमा बन्द गरिन्छ र उसलाई सहरको सडकमा घुमाइन्छ ।   

ताबुतको पछिपछि उसका आफन्त र मित्रजनसमेत कैयौं मानिसहरुको भीड हिँड्ने गर्छ । सबै मानिसहरु रक्सीको मदहोसमा ताली बजाउँदै नाच्ने गर्दछन् । यतिमात्र होइन, सेतो कपाल फुलेकी एक महिला ताबतभित्र रहेका व्यक्तिकी विधुवा बन्ने गर्छिन् । खबर अनुसार क्वूवामा यो पर्व पछिल्लो ३६ वर्षदेखि मनाउँदै आइएको छ । यसको नाम ब्यूरियल अफ पचैन्चो हो । हुन त यो पर्व कसैलाई जिउँदै गाड्नका लागि हुन्छ । तर, माहोल हेर्दा कुनै विवाहको तामझामभन्दा कम हुँदैन । यो पर्वको सुरुवात १९८४ मा भएको थियो । यसलाई स्थानीय कार्निभल समाप्त हुने र एक नयाँ जन्मको संकेतका रुपमा मनाइने गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार