प्रचण्ड–माधव पक्षले ‘जनयुद्ध’ दिवस मनाउने

काठमाडौं, १ फागुन । विभाजित नेकपाको प्रचण्ड– माधव पक्षले तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाउने भएको छ । सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।  शहीद स्मृति तथा समान्न कार्यक्रम बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको उनले जानकारी दिए।सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने उनले बताए । 

कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको ढकालले बताए ।

तपाईको प्रतिक्रिया