ताजा खबर

यस्तो पो कृषि कर्म : कडा मेहनत, लोभलाग्दो आम्दानी (भिडियाे सहित)

सुर्खेत, २९ माघ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–६ घारीका कविराम खड्का शारीरिक रुपमा अशक्त छन् । करिव १५ वर्ष जति भयो । उनको शरिरको आधा भाग चल्दैन । छात्तिदेखि तल्लो भाग पूर्णरुपमा अशक्त छ । दिसा/पिसाव आएकोसमेत थाहा पाउँदैनन् उनी । तर उनको हिम्मत र कृषि कर्म प्रतिको लगाव भने लोभलाग्दो छ ।
सानो व्यापार, मिल र कृषि फर्म उनले नै धानेका छन् । उनका श्रीमती र बुहारीले उनलाई सघाउँ छन् । ह्विलचियरमै बसेर दिनभरी व्यापार गर्दछन् । समय–सयमा मिलको रेखदेखि र फर्ममा पनि पुग्छन् । ‘ विहान ६ बजेदेखि साँझ ७/८ बजेसम्म म आफै व्यापार गुर्छ’ उनी भन्छन्, ‘समय मिलाएर कृषि फर्म र मिलमा पनि पुग्छु ।’ मिलमा कुटानी पिसानको काम हुन्छ ।

व्यापार, कृषि र मिलबाट परिवारका आवश्यकताहरु पुरा गर्छन् । सबै खर्च कटाएर मासिक रुपमा कम्तिमा पनि ५० हजार रुपैयाँसम्म वचत गर्छन् । झट्ट सुन्दा यसरी एउटा अशक्त व्यक्तिले मासिक ५० हजार रुपैयाँ आम्दानी गर्ने विषया असम्भव जस्तै लाग्न सक्छ । तर उनको यो हिम्मत र लगाव भने सबैका लागि प्रेरणादायी छ । कुनैबेला चन्दा संकलन गरेर सुरु गरेको सानो व्यापारले अहिले उनलाई आधा करोडको मालिक बनाएको छ । ‘चन्दा संकलन गरेर सानो व्यापार गरेको हुँ’ उनी भन्छन्, ‘त्यही व्यापारबाट यहाँसम्म आइपुगेको हुँ ।’ कुनैबेला खड्कालाई परिवारको छाक टार्नसमेत मुश्किल पथ्र्याे ।

सम्पत्तिको नाममा घर र खेतवारी केही थिएन । तर उनको यो हिम्मतले अहिले करिव ६० लाख बराबरको कृषि फर्म (खड्का पशुपंक्षी फर्म’ जोडेका छन् । जसमध्ये ४० लाख बराबरको कृषि फर्मको भौतिक संरचना छ । झण्डै १५/२० लाख बराबरका वँदेल, बाख्रा, टर्की र कुखुरापालन गरेका छन् । झण्डै १५/२० लाख बरारको मिल छ ।

कुनै बेला एक टुक्रा जमिन नभएका उनीसँग अहिले तीन रोपनी खेतवारी पनि छ । यीनै व्यवसायबाट आएको आम्दानीले छोरा÷छोरीलाई कृषि विषय पढाइ रहेका छन् । समाजमा अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्नेहरुका लागि खड्काको साहस र आँटले गतिलो जवाफ दिएको छ ।

अधुरै रहेको लाहुरे बन्ने सपना
२०६०/६१ तिर देशमा शसस्त्र युद्ध चर्किरहेको थियो । तत्कालीन माओवादी र सरकारी पक्षबीच दिनदिनै लडाइ भइरहन्थ्यो । देशमा द्धन्द्ध चर्किए पनि कविरामको सपना भने लाहुरे नै बन्ने थियो । सरकारले तत्कालीन सेना र प्रहरीहरुमा नागरिकको उमेरभन्दा पनि शरीर हेरेर भर्ती लिन्थ्यो । त्यही अवसर मिल्यो कविरामलाई पनि ।

२०६१ सालमा लाहुरे (तत्काली शाही नेपाली सेना) मा भर्ती हुने सोच बनाए । ९८९ नम्बरको उम्मेद्वार परिचयपत्र बोकेर ब्यारेक जाँदै गर्दा तत्कालीन माओवादीको आक्रमणमा परे । अनि २०६१ साल कात्तिक २५ गते लाहुरे हुने उनको सपना चकनाचुर भयो । भर्ती हुनका लागि वीरेन्द्रनगरस्थित कपासे ब्यारेकतर्फ जाँदै गर्दा उनी ठूलो ब्रजपातमा परे । उनीसँगै गएका साथीहरु मध्ये तीन जनाको मृत्यु भयो । उनी गम्भीर घाइते भए । तर उनलाई बाँच्न निकै संघर्ष गर्नुप¥यो ।


गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँ पु¥याइयो । तर त्यहाँ उपचार सम्भव भएन । सरकारले पनि उपचारमा सहयोग गरेन । करिव चार महिनासम्म शरिरमै गोली बोके । अन्ततः भएको सबै घरखेत बिक्री गरे । साथीभाइ र इष्टभित्रबाट ऋण गरे । करिव चार महिनापछि थप उपचारका लागि भारतको लखनउ पुगे । लखनउमा करिव साढे चारलाख रुपैयाँ खर्च गरेर शरिरमा भएको गोली निकाले ।

तर उनको अवस्था सोचे जस्तो भएन । गोली अड्डीएको एक साइडको करंग नै फाल्नु प¥यो । १६ वर्षको उमेरमै लाहुरे हुन गएका उनलाई द्वन्द्धले ठूलो चोप दियो । करिव १६ वर्षदेखि आफ्नै शरिरसँग संघर्ष गर्दै आएका छन् । सुगर रोगबाट ग्रसित उनले अहिले पनि मासिक पाँच हजार बराबरको औषधि सेवन गर्नुपर्छ ।

मुद्दाको सुनुवाइ भएन
देशमा शान्ति प्रक्रियापछि खड्काले आफूलाई आक्रमण गर्नलाई कारबाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिए । २०७३ साल बैशाख २० गते आयोगमा उजुरी गरे । १४६ नम्बरमा उजुरी दर्ता गराएपछि अहिलेसम्म छानबिन हुन सकेको छैन । आयोगले दोषीलाई कारबाही नगर्ने तर उजुरीमात्रै लिएर आफूलाई आश्वासन मात्रै दिएको उनको दुखेसो छ । उनले तत्कालीन विद्रोही पक्ष माओवादीले अपाङ्गता बनाइएको भन्दै आयोगमा उजुरी दिएका छन् । तर उजुरी दिएको चारबर्ष वित्दा पनि सुनुवाइ भएको छैन । मुद्दाको सुनुवाइ मात्रै होइन, सरकारले उनलाई उपचार खर्च पनि दिएको छैन । तत्कालीन समयमा करिव साढे चारलाख रुपैयाँ उपचारमा खर्च भएको थियो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले उपचार खर्च दिने आवश्वासनसमेत पुरा भएको छैन ।‘प्रशासनले चार लाखको उपचार खर्च दिन्छु भनेर कागजात बनायो, गृह मन्त्रालयलाई पत्र पनि पठाएको थियो’ उनी भन्छन्, ‘मैले घरखेत बेचेर उपचार गरेँ, तर अहिलेसम्म उपचार खर्च दिएन ।’

अधुरै रहेको लाहुरे बन्ने सपना
२०६०/६१ तिर देशमा शसस्त्र युद्ध चर्किरहेको थियो । तत्कालीन माओवादी र सरकारी पक्षबीच दिनदिनै लडाइ भइरहन्थ्यो । देशमा द्धन्द्ध चर्किए पनि कविरामको सपना भने लाहुरे नै बन्ने थियो । सरकारले तत्कालीन सेना र प्रहरीहरुमा नागरिकको उमेरभन्दा पनि शरीर हेरेर भर्ती लिन्थ्यो । त्यही अवसर मिल्यो कविरामलाई पनि । २०६१ सालमा लाहुरे (तत्काली शाही नेपाली सेना) मा भर्ती हुने सोच बनाए । ९८९ नम्बरको उम्मेद्वार परिचयपत्र बोकेर ब्यारेक जाँदै गर्दा तत्कालीन माओवादीको आक्रमणमा परे । अनि २०६१ साल कात्तिक २५ गते लाहुरे हुने उनको सपना चकनाचुर भयो ।

भर्ती हुनका लागि वीरेन्द्रनगरस्थित कपासे ब्यारेकतर्फ जाँदै गर्दा उनी ठूलो ब्रजपातमा परे । उनीसँगै गएका साथीहरु मध्ये तीन जनाको मृत्यु भयो । उनी गम्भीर घाइते भए । तर उनलाई बाँच्न निकै संघर्ष गर्नुप¥यो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँ पु¥याइयो । तर त्यहाँ उपचार सम्भव भएन । सरकारले पनि उपचारमा सहयोग गरेन ।

करिव चार महिनासम्म शरिरमै गोली बोके । अन्ततः भएको सबै घरखेत बिक्री गरे । साथीभाइ र इष्टभित्रबाट ऋण गरे । करिव चार महिनापछि थप उपचारका लागि भारतको लखनउ पुगे । लखनउमा करिव साढे चारलाख रुपैयाँ खर्च गरेर शरिरमा भएको गोली निकाले । तर उनको अवस्था सोचे जस्तो भएन । गोली अड्डीएको एक साइडको करंग नै फाल्नु प¥यो । १६ वर्षको उमेरमै लाहुरे हुन गएका उनलाई द्वन्द्धले ठूलो चोप दियो । करिव १६ वर्षदेखि आफ्नै शरिरसँग संघर्ष गर्दै आएका छन् । सुगर रोगबाट ग्रसित उनले अहिले पनि मासिक पाँच हजार बराबरको औषधि सेवन गर्नुपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार