ओलीवा त कडकेकै छन् त हँ !

होइन, छाँटकाँटले त संसद पुनस्र्थापना हुन्न कि क्या ? ओलीवा त कडकेकै छन् त हँ ! ‘पकुने’ (प्रचण्ड) र माकुनेले (माधव) गजब ठूलो आमसभा गरे भनेर मख्ख पर्या हामी सामान्य मान्छे त । ओलीबाको आमसभाँ जम्मा भा मान्छ्या ताँती देखेर निस्लोटपर्ने जस्तो भइम् भने ओलीलाई सत्तोसराप गर्ने नेकपा कार्यकर्तालाई झन् कति गाह्रो भा होला ? त्यसो त ओलीबाले भनेकै थिए नी आमसभा भन्या कस्तो हुन्छ २३ गत्या दिन हेर्न आउनु भनेर । किनेर ल्याउन कि फकायर ल्याउन । ल्याउन त ल्याए नी हैन र ?

आखिर जसरी भएनी दुष्मनलाइ निस्लोट पार्ने गरी ल्याए क्यारे । त्यसैले ओलीबाको साहसलाई मान्नैपर्ने भो गाँठे । ओलीबाका अगाडि संसारको मै हुँ भन्ने कुनै पनी तानाशाह नलागे नी हुन्छ भन्ने कुरा उनकै कार्यकर्ता भन्न थाल्याछन् । त्यसैले पार्टी फुटेछि यत्रो डल्ला खाम्ला भन्या साथीहरु स्थिति त के डामाडोल होला जस्तो भो त । मैले भन्या मान्नुहुन्छ भने चाइनालाई फेरि एकचोटी गहारनुस् र भन्नोस् कि हामी पार्टी फुटाल्दैनम् । बरु एकचोटी फेरि आएर वार्ता गराइदेउ । हे चाइनिज देवता बरु तिम्ले कालोभाले खान्छौकी, उल्टोभाले खान्छौकी, नभए कालै बोको खाने भएनी हामी भक्कल न तयारछम् भनेर भन्नपर्ने भो । नत्र त कम्तियाँ ५० बर्ष कमिनिष्टले खान्छ भनेर भन्ने अनि दुई तिहाइको सरकार याने कि कसैले हल्लाउनै नसक्ने सरकार बनाइम भन्ने ।

तर तीन बर्ष नपुग्दै आफ्नो सरकार भा बेलाँनी आफै जग हालीहाली भत्काउने । अनि काँट कमिनिष्टको सरकार ५० बर्ष टिक्ने ? विचरा माकुने र पुकुने कार्यकर्ता भराँ नेता बन्नु भाछ । ओलीबाका मान्छेहरले साँच्चिकै संसद भंगको भंगै बनाइदे भने त वित्याँस पारे नि हैन र ? के गर्ने पुरानो पार्टीलाई चुनाव चिन्हकै मायाँ लाग्ने । जनताले चुनाव चिन्ह चिनी सक्या छन् । त्यसैले मैले चिन्ह त्यै पाउनुपर्छ भनेर सूर्यकै निम्ति लडाभाँति गर्या यी लडाकुलाई चाइनिज लडाकु नआएसम्म कसैले ठिक पार्न सक्दैन । त्यसैले साथीहरु फेरि पनि दुईतिहाइ ल्याउने हो भने लडाभाँति छोडनोस् । गएर हात मिलाउनुस् । अन्यथा न चुनाव हुन्छ, न सुखसयलाँ रातदिन काट्न पाइन्छ । स्वाद हुन्छ त ओलीबालाई मात्रै । त्यसैले गेम इज ओभर भन्देकै राम्रो हैन्त कमरेडहरु ।

–वेदर्षि

तपाईको प्रतिक्रिया