भारत सीमामा जिस्किरहेको चीनको आरोप

२८ माघ,चीनले भारतलाई दुई देशबीचको सीमामा फेरि झडप हुनसक्ने चेतावनी दिएको छ । दुई देशबीच सीमा निर्धारण गरिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतले बारम्बार नियम उल्लंघन गरिरहेकाले सीमामा झडपको स्थिति निम्तिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीका प्रवक्ता वांग वेन्बिनले भारतलाई दुई देशबीच भएको सम्झौता इमान्दारिताका साथ पालना गर्न र सीमावर्ती क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्न भनेका छन् । 

भारतीय सेनाका रिटायर्ड जनरल विके सिंहले केही दिनअघि भारत–चीन सम्बन्धमा भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए । उनले भारतीय सेनाले चीनमाथि ५० पटक आक्रमण गरेको, तर यो कुरा भारतीय जनतालाई थाहा नभएको उनले दावी गरेका थिए । विके सिंह उनै हुन्, जो दक्षिण एसियाली छिमेकीहरूसँग विदेश खेलकुद भारतको सम्बन्धमा दरार निम्त्याउन सेना प्रयोग गर्नुपर्ने अभिव्यक्ति दिइरहन्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार