एक रुपैयाँको नोटसँगै हरायो चंखे हिमालको चर्चा

खड्क सुनार
मुगु, २७ माघ ।
कर्णाली प्रदेशको एक हिमाली जिल्ला मुगुमा सांस्कृतिक, भेषभूषा, तालतलैया, हिमाललगायत दर्जनाँै पर्यटक स्थल छन् । तर, पर्यटक स्थल स्थानीय, प्रदेश, संघीय सरकारको नजर नपर्दा ओझेलमा परेका छन् । छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमाल ऐतिहासिक महत्त्वको रहे पनि प्रचार अभावले ओझेलमा परेको हो ।

??????

चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटरको उचाइमा छ । स्वर्गीय राजा वीरेन्द्र २०४० मा सिकार खेल्ने क्रममा चंखेली हिमाललाई नेपाली १ रुपैयाँको नोटमा अंकित गरेका थिए । तर, राजा वीरेन्द्रको निधनपछि चंखे हिमालको वर्णन पनि सेलाएको स्थानीय सुनाउँछन् । विशेषगरी चंखेली हिमालको मुख्य विशेषता भनेकै यसको टुप्पोमा पुगेपछि नेपालकै ठूलो राराताल, चुचेमार, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही स्थानीय तहका बस्तीसमेत अवलोकन गर्न सकिन्छ ।

सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट ३ घन्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि २ घन्टा पैदल यात्रा गर्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको जमात मनग्य छ । हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने आन्तरिक पर्यटक पदमबहादुर महत बताउँछन् । चंखेली हिमालको फेदमा साना काठको टहरमा होटल व्यवसाय गर्दै आएका व्यवसायीले विगतभन्दा यो वर्ष चंखेली घुम्न आउनेको संख्या कम रहेको बताए ।

तपाईको प्रतिक्रिया