मालपोतको चाप घटाउन अनलाइन सेवा सुरु गरिने

सुर्खेत, २६ माघ ।
मालपोत कार्यालय सुर्खेतले सेवाग्राहीको चाप घटाउने उपायको खोजी गरिएको छ । प्रारम्भीक चरणको सेवा अनलाइनबाटै लिनसक्ने गरी कार्यालयले भू–सेवा प्रर्णाली अर्थात सार्वजनिक सेवामा नागरिकको पहुँच लागु गर्न लागेको हो । सेवा ग्राहीको चाप घटनाउने उद्देश्यले अनलाइन सेवा प्रर्णाली लागु गर्न लागेको कार्यालयले जनाएको छ ।

तर अनलाइन सेवा निश्चि व्यक्ति र संस्थाहरुको मात्रै पहुँच रहने छ । निश्चित मापदण्ड र सर्तमा रहेर सुर्खेतका जुनसुकै संस्था, व्यक्ति र फर्मले यो सेवा लिन पाउने छन् । अनलाइन सेवा सुरु गर्नअघि संस्थाले एक लाख र व्यक्तिको हकमा ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ । यो सेवा सञ्चालन गर्न आज (आइतबार) कार्यालयले १५ दिने टेन्डर आह्वान गर्ने मालपोत अधिकृत जनकबहादुर हमालले जानकारी दिए ।


सेवा सुरु गर्न चाहने फर्म, संस्था र व्यक्तिले १५ दिनभित्र आवश्यक कागजात पेश गर्नुपर्ने छ । अनलाइन सेवा लागु भएपछि सेवाग्राहीले कम्प्युटर प्रविधिबाट हुने फोटो, जग्गा पासको आवश्यक कागजात लगायतका कामहरु (डेष्कटप तथा अन्य सेवा प्रदायक) संस्था र फर्मबाट गर्न सक्ने छन् । सेवा प्रदायक फर्म र व्यक्तिले अनलाइनबाट भरेका फाइलहरुको अन्तिम चेकजाँच भने मालपोत कार्यालयले गर्ने छ ।

यसरी अनलाईन प्रर्णालीबाट सेवा सुरु गर्दा मालपोतको आधा भिड कम हुने कार्यालयको अपेक्षा छ । यसैबीच अनलाइन सेवा प्रर्णाली लागु गर्न मालपोत कार्यालयले कम्प्युटर एशोसिएसन (क्यान) सँगको समन्वयमा वीरेन्द्रनगरका डेष्कटप व्यावसायीहरुलाई दुइ दिने तालिम दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार