राजकुमारी महशुश गर्दै साम्राज्ञी

२४ माघ ,नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र । तिम्रो मेरो साथ’को छायांकनका व्यस्त छन् । चलचित्रको छायांकन सुरु भएसँगै उनले दैनिक तस्वीर सार्वजनिक गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित रहेको वुझ्न सकिन्छ । लगातार चलचित्र असफल, नायक भूवन केसीसँगको विवाद, प्रेममा ब्रेकअपका कारण पनि उनलाई तनाव भएको थियो ।  तर, लकडाउनपछि चलचित्रको छायांकनमा फर्किन पाउँदा उनी उत्साहित हुनु स्वभाविक नै हो । उनै, साम्राज्ञीले सामाजिक संजालमा आफूलाई ।।।     

राजकुमारी’ महशुश भैरहेको भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् । साम्राज्ञीले सार्वजनिक गरेको तस्वीरमा उनी सेतो पहिरनमा छिन् । उक्त पहिरनमा विभिन्न पोजमा तस्वीर खिचाउँदै साम्राज्ञीले आफूलाई राजकुमारी भन्न खोजेकी छिन् । चलचित्र क्षेत्रमा आएसँगै स्टार नायिकाको रुपमा उनको चर्चा हुन थालेको थियो । तर, उनका विवादस्पद बयान, असफल चलचित्र र विवादका कारण उनको क्रेज कमजोर हुँदै भएको विश्लेषण गरिन्छ । साम्राज्ञी आफ्नो क्रेज फर्काउने दौडमा पनि छिन् ।

तपाईको प्रतिक्रिया