विमानस्थल विस्तार अन्यौलमा, विकल्प खोज्न केन्द्र सरकार गुहार्दै स्थानीय

सुर्खेत, २४ माघ

वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार गर्ने योजना अन्यौलमा परेको छ । विमानस्थल विस्तार गर्न स्थानीयको जग्गा अधिग्रहण गर्ने प्रक्रिया थालिएको थियो । तर प्रभावित क्षेत्रका नागरिकले आफूहरुको उठिबास गर्न लागिएको भन्दै विरोध जनाए । स्थानीयको असहमति र वीरेन्द्रनगर नगरपालिकाले पनि यो विमानस्थ विस्तारको विकल्प खोज्न आग्रह गरेको छ ।

यही कारण विमानस्थल विस्तारको प्रक्रिया अन्यौलमा परेको हो । स्थानीय नागरिक सरोकार समितिले शुक्रबार पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको छ । समितिका संयोजक टिकाराम आचार्य र अम्मरज्योति माध्यमिक विद्यालयका प्राधानाध्यापक खगेन्द्र थापाले सुर्खेत विमानस्थल विस्तारको विकल्प खोज्न आग्रह गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीयहरु केन्द्र सरकारकै ढोकामा पुगेर यो विमानस्थल विस्तार विकल्प खोज्न आग्रह गरेपछि विमानस्थल विस्तारमा थप आन्यौलता सिर्जना भएको छ । स्थानीयवासी र नगरपालिका नै विमानस्थल विस्तारको विपक्षमा उभिएपछि विमानस्थल विस्तारको हुनेमा थप आशंका उब्जिएको छ । नगरपालिका र स्थानीयहरु विमानस्थ विस्तारको विपक्षमा उभिएसँगै विमानस्थल विस्तारको पहल गर्दै आएको कर्णाली प्रदेश सरकार पनि अलमलमा परेको छ ।

विमास्थल विस्तार गर्दा आउने समस्या उच्चस्तरिय समस्या समाधान (सर्वपक्षिय र सर्वपक्षिय) समितिले गठन हुन सकेको छैन । गत पुस ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठले समस्या समाधनका लागि उच्चस्तरिय समिति गठन गर्ने निर्णय गरेको थियो । तर नेकपा विभाजनपछि समितिका संयोजक समेतरहेका मुख्यमन्त्री शाहीले समितिलाई पूर्णता दिन सकेका छैनन् । यही कारण तत्काल विमानस्थलको विवाद सुल्झाउन सक्ने अवस्थामा छैन ।

सुर्खेत विमास्थल विस्तार दीर्गकालीन समस्या समाधानको विकल्प नभएको भन्दै प्रभावित क्षेत्रका स्थानीयले वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारलाईसमेत विस्तारको विकल्प खोज्न आग्रह गर्दै आएका छन् ।

एयरलाइन्सलाई यात्रु नपाउने चिन्ता कर्णालीवासीलाई भने भाडा घट्ने आश
सुर्खेत–काठमाडौं सिधा हवाइ उडान सुरु भएको दुईवर्ष भयो । तर हालसम्म एउटा जहाजले मात्रै उडान भर्ने गरेको छ । त्यो पनि दिनमा एकपटक मात्रै । हाल बुद्ध एयरले दिनमा एकपटक मात्र उडान भर्दा पनि यात्रु पाउन गाह्रो भइरहेको जनाएको छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीका अनुसार दैनिक ३०÷३५ जना मात्रै यात्रु हुन्छन् ।

जसका कारण अहिले नै नयाँ एयरलाइन्सले उडान थाले पनि यात्रु नपाइने हुन् कि भन्ने चिन्ता छ । ‘हामी टेष्ट फ्याइट गरेपछि यात्रुको चाप अनुसार उडानका लागि अनुमति माग्छौं’ श्री एयरलाइन्सका प्रवत्ता अनिल मानन्धर भन्छन्, ‘यात्रु छैनन् भन्ने सुनेका छांँ, यात्रु नै नभए त कसरी नियमित उडान भर्न सकिन्छ र ?’ यात्रु संख्या बढाउन उचित भाडादर कायम गर्ने उनको भनाइ छ ।

कर्णालीका स्थानीयले भने भाडा कम भएको खण्डमा यात्रुको संख्या बढ्ने अपेक्षा गरेका छन् । सुर्खेत–काठमाण्डौ भाडादर महँगो हुँदा अधिकांश कर्णालीवासी नेपालगञ्जबाटै काठमाण्डौ जाने गरेका छन् । २०२३ सालदेखि सञ्चालनमा आएको सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई एक हजार दुईसय ५५ र चौढाइ ३० मिटर रहेको छ । अहिले सुर्खेतमा बुद्ध, सिता, तारा, समिट लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन् । सुर्खेत– काठमाडौं भने बुद्धले मात्रै नियमित उडान गरिरहेको छ । विमान कम्पनीहरुले यात्रु नपाउने चिन्ता गरे पनि भाडादर समायोजन गरेर सुर्खेतबाटै पर्याप्त यात्रु पाउने स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया