दोस्रो चरणको खेल तालिका सार्वजनिक

२३ माघ, राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो । महिला लिगको दोस्रो चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ ।एन्फाले सार्वजनिक गरेको तालिका अनुसार शनिबार त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

जारी महिला लिगको पहिलो चरण सकिदा साविक विजेता एपीएफ अपराजित रहेको छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ ।

यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौंथो स्थानमा रहेको छ । वालिब नगरपालिका ८ अंक जोडेर पाँचौ, ३ अंक जोडेको चन्द्रपुर छैटौं र अंक विहीन चौदण्डीगढी पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया