आरन पेसा बचाउन जुटेका वडाध्यक्ष

मुगु २३ माघ,हिमाली जिल्ला मुगुका १ जनप्रतिनिधिले लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष चक्रबहादुर साँवतले यो कार्यक्रम थालेका हुन् । पछिल्लो समय लोहार जातिले गर्दै आएको आरन पेसा लोप हुँदै गएपछि यसलाई प्रवर्द्धन गर्न अभियान सुरु गरिएको वडाध्यक्ष साँवतले बताए । उनले भने, । 

पहिलो पटक छायानाथ रारा नगरपालिका वडा नम्बर १३ लुमका ७० वर्षीय हर्क कामी र सोही वडाकै रुगागाउँका गोरबहादुर कामीलाई आरन पेसामा आवश्यक पर्ने सामान हस्तान्तरण गरेको छु’, वडाध्यक्ष साँवतले भने । उनीहरूलाई आफर, रेत, घन, हतौडा, सनासोलगायत सामान वितरण गरिएको उनले बताए । व्यक्तिगत लगानीमा यहाँका दलितलाई आरन पेसा बचाउने सामान वितरण गरिएको उनको भनाइ छ । कार्यक्रममा हर्क कामीले विगत देखि गर्दै आएको काम विस्तारै हराउँदै गएको सुनाए ।

पहिला छालाको माध्यमबाट निर्माण हुने खँलातबाट आरन पेसा गरेका थियौँ,’ कामीले भने, ।।।पछि खँलात पनि पाइन छाडे । अहिले त यो पेसा गर्ने मान्छे नै हराए ।’आरन पेसा पुस्तान्तरण नहुँदा हराउँदै गएको उनको भनाइ छ । ।।। बीचमा आरन चलाउने कुनै सामान थिएनन् । वडाध्यक्षको सहयोगपछि अब यो पेसालाई निरन्तरता दिने सोच छ’, उनले भने । वडाध्यक्ष साँवतले नगरभित्र आरन पेसा चलाइरहेका व्यक्ति पहिचान गरी आवश्यक सामग्री वितरण गरिने बताए । वडाध्यक्ष साँवतले नगरपालिकाका गरिब, विपन्न, असहाय, टुहुरा बालबालिकालाई व्यक्तिगत लगानीबाट कम्बमललगायत न्यानो कपडा वितरण गर्दै छन्।

तपाईको प्रतिक्रिया