सासू बुहारी (स्वतन्त्र) : कविता
कौशिला अधिकारी
जति सुख चयन भएपनि सासू बुहारी बाजावाज किन
मरेको दिन आखिर छोडेर जानू पर्ने के नै र छ लिन ?
दुई दिनको चोलामा अलिकति माया सक्दैनौ र दिन
बिना काममा दिनहुँ त त र म म आखिर गर्छौ किन ।
खाँउ बस तिमी दुबैलाई के छ र चिन्ता छोरालाई छ रिन
सासू भन्छे बुहारी बुहारी भन्छे सासू घरमा बस्न दिन ।
मिलीजुली सक्दैनौ र बस्न एक अर्कालाई दोष नलाई कन
एउटै घरमा द्वन्द चलाई किन बस्छौ जिँउदो आत्म जलाई पन ।
दबै जना एकै साथमा बसी मीठो मसिनो सक्दैनौ र खान ।
एक बारको जुनिमा आमा छोरी जस्तै सङ्गै बसि रमाउन जान ।
सासू बुहारी अमुल्य यो शव्द सँसारमा कति राम्रो गरौँ सम्मान
यो धर्ती एकले अर्कालाई तु्च्छ शब्द नलगाउ कसैले बचन ।
महिला महिला सबैले आआफ्नो अस्तित्व चिन
म ठूलो त सानो दुबैले नझिक कहिल्यै शान
एकले भनेको अर्काले सहजै मान
त खान नपाइ आएकी भन्दै नभन
