राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर रोक्का

काठमाडौँ, २२ माघ । धितोपत्र बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले सेयर मुल्य उच्च भएका दुई कम्पनी राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिदिएको छ । नेपाल स्टक एक्सचेन्जले आइतबार विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो ।

तोपत्र ऐनअनुसार कामकारबाही नगरेपछि यी दुई कम्पनीको सेयर कारोबार रोकिएको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिएका छन । साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रूपमा बुझाउनुपर्ने वित्तीय विवरणसमेत बुझाउन सकेको छैन । लामो समय साधारण सभा गर्न नसकेका यी दुवै कम्पनी नेपाल सरकारको लगानी रहेका कम्पनीहरु हुन् ।


यसमा पनि राष्ट्रिय बिमा कम्पनीले लामो समयदेखि धारणा सभासमेत गराउन सकेको छैन । हरेक वर्ष साधारण सभा गरेर लेखापरीक्षण प्रतिवेदन पारित गराउनुपर्नेमा यो कम्पनीले विगत आठ वर्षदेखि साधारण सभा नै गरेको छैन । यद्यपि, यसको सेयर मूल्य आयतबारसम्म मात्रै १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । विशाल बजारको भने सेयर मूल्य २ हजार ८ सय ८० रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार