गृहमन्त्रीले प्रचण्डलाई प’क्रा’उ गर्न निर्देशन दिए!

काठमाडौँ,२२ माघ । नेकपा प्रचण्डर माधव समुहले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । आवश्यक परे प्रचण्डलाई समेत प्रकाउ गर्न गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको प्रहरीले जनाएको छ ।

काम चलाउ ओली सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा आज प्रचण्डर माधव नेपाल समूहले देशव्यापी आम हड्ताल घोषणा गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सिंहका अनुसार बुधबार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्रहरीले सुरक्षासमेत दिनेछ ।

कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताएका छन । केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, ‘कानुनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जोरजबरजस्ती, गैरकानुनी वा हिं’सा’त्मक काम हुन्छ भने प्रहरीले कडा प्रतिक्रिया जनाउँछ ।

तपाईको प्रतिक्रिया