मेरो छोरालाई भेडा, बाख्रा भन्ने भन्दै बिमल माथि जंगीए सचिनको बुबा

काठमाडौं २२ माघ लोकदोहोरी मोडलिङमा एक दशक बिताएका विमल अधिकारिले ‘भाइरल’हरुको जथाभावी प्रयोगले लामो समयदेखि गीत–संगीतमा लागिपरेका कलाकारहरुलाई समेत असर गरिरहेको बताए पछि उनि बिवादित बन्न पुगेका हुन ।
आफ्नै गीत ‘पछयौरी लिसियो’ले युट्युबमा एक करोड भ्यूज पाएको अवसरमा आयोजित कार्यक्रममा विमलले भने– ‘अहिले फलानोको खुट्टा भाँचियो, उसले गीत नै गाउनुपर्ने, उसले भिडियो नै खेल्नुपर्ने । स्टुडियो बाख्राको खोरजस्तो भैसकेको छ । विमलले उनीहरुलाई आर्थिक समस्या भए अन्य तरिकाले पनि सहयोग गर्न सकिने बताएका थिए ।

गीत–संगीत क्षेत्रमा ल्याउने हो भने पनि दिगो हुने तरिकाले ल्याउनुपर्ने बिमलको तर्क छ । ‘उहाँहरुलाई खान–लाउन समस्या छ भने अरु केही हिसाबले सहयोग गरौं ।नत्र यसले उहाँहरुलाई पनि दीर्घकालिन असर गर्छ । तर, यसरी उहाँहरुको प्रयोग हुँदा प्रतिभा भएका कलाकारहको हत्या भईरहेको छ’ भने पछि बिमल आधिकारी विवादित बन्न पुगेका थिए।
त्यसैगरि सचिन परियारको बुवा तेजेन्द्र परियारले बिमल अधिकारीको टिप्पणी माथि आपति जनाएका छन् । मंगलवार बेलुका सिलौटो रेस्टुरेन्ट मा पुण्य गौतम संग तेजेन्द्रले भने

अरुले गाउदा केहि न हुने मेरो छोराले गाउदा चाहि स्टुडियो कसरि बाख्राको खोर भयो भनेर तेजेंद्रले भनेका थिए। बिमल अधिकारिले राम्रो बोल्नु भएन उहाले हाम्रो रिस गर्नु भयो हामीले के गर्देको छौ गरिब छौ भनेर नहेपे हुन्छ भन्दै उहाले अन्तर्वार्ता दिनुभएको थियो साथै बिमल अधिकारीले मलाइ फोन गरेर माफी माग्नू पर्छ समेत भनेका छन ।

तपाईको प्रतिक्रिया