हड्तालका कारण वीरेन्द्रनगर अस्तव्यत

सुर्खेत,२२ माघ
नेकपा पचण्ड-नेपाल समूहको आम हड्तालका कारण वीरेन्द्रनगर अस्तव्यत बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक निकायमा पदाधिकारी नियूक्तीको विरोधमा विहीबार (आज) उक्त पक्षले आम हड्तालको आयोजना गरेको हो ।

नेकपाका कार्यकर्ताहरु विहानबाटै सडकमा निस्किएर यातायातका तथा बजार बजार बन्द गराउँदै ठाउँ-ठाउँमा टायर बालेरर प्रधानमन्त्रीको कदमविरुद्ध नाराबाजी लगाउँदे विरोध गरि रहेका छन् । बन्दको प्रत्यक्ष मारमा यात्रु र दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउनेहरु परेका छन् ।

यता आन्दोललनले उग्र रुप नलियोस र अप्रिय घटना नघटोस भनेर विशेष सावधानी अपानाएको सुर्खेत प्रहरीले जनाएको छ । बन्दले वीरेन्द्रनगर बजार पूणर्रुपमा बन्द छ भने लामो तथा छोटो दुरीका यातायातका साधन सञ्चालनमा णर्रुपमा राेक लागाइएकाे छ, भने अत्यावश्यक सेवाका सवारी साधनहरु भने चल्न दिइएको छ ।

तपाईको प्रतिक्रिया