को हुन अन्जु पन्तका हुनेवाला श्रीमान?

काठमाडौं २० माघ। एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । उनले इलामका थिर कोइरालासँग लगन गाँठो कस्ने भएकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भयपनि मिति भने तय भएको छैन ।उनीहरु एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको खबर प्राप्त भएको छ । उनीहरुको बिहे बारे केहि समयदेखि संगीत बजारमा हल्ला फैलिएको थियो ।यस बिषयमा अन्जु र थिर दुबैले आफुहरु प्रेम सम्बन्धमा रहेको स्विकार गरेका छन्

यसबारेमा थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लुगा नै सिउन दिएको भन्ने हल्लाहरु गलत हुन् । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको जानकारी दिए । उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’थिर र अञ्जु दुबै क्रिश्चियन धर्ममा आस्था राख्छन् ।
थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ ।त्यस्तै अञ्जुकी छोरीे परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अन्जु र मनोजराजतिर एक छोरी परितोशिका छिन् । उनले पछिल्लो समय मोडलिङ पनि सुरु गरेकी छिन् ।

 

तपाईको प्रतिक्रिया