भर्खरै हेर्नुस् काठमाडौंमा बर्डफ्लु,,टर्की र हाँसमा भेटियो!

काठमाडौँ २०माघ । काठमाडौंमा टर्की र हाँसमा बर्डफ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको हो । स्थानीय कृषकहरुले पालेका टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा शुक्रबार बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ ।

विभागका अनुसार रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको छ । रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरेको छ । १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाई ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिएको विभागले जनाएको छ । विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र लिएर मात्र गराउन आग्रह गरेको छ ।

फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्वन गर्न, फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि विभागले कृषकलाई सूचित गरेको छ ।
कृषि मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा वा निकायमा सूचना गर्न पनि कृषकलाई आग्रह गरीसकेको बताए ।
त्यस्तै महिना दिन अघि भारतीय सीमा क्षेत्रका विभिन्न राज्यमा बर्डफ्लु रोग देखा परेको थियो । हाल भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिवन्ध लगाइको विभागले उनले बताएका छन।

 

 

तपाईको प्रतिक्रिया