कर्णाली प्रदेशबाट उपाध्याय सम्मानित


सुर्खेत, १७ माघ ।
सुर्खेतकी महिला उद्यमी हिमाकुमारी उपाध्याय सम्मानित भएकी छिन् । उनी ‘उत्कृष्ट महिला उद्यमी’ पुरस्कारबाट सम्मानित भएकी हुन् । भवानी छापाखाना सञ्चालकसमेत रहेकी रहेकी उपाध्यायलाई ‘न्यू बिजनेश एज प्रालि’ काठमाडौंले कर्णाली प्रदेशबाट ‘उत्कृष्ट महिला उद्यमी’ को रुपमा सम्मान गरेको हो ।

आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज मासिक पत्रिकाको प्रकाशक संस्था ‘न्यू बिजनेश एज प्रालि’ले हरेक बर्ष देशका उत्कृष्ठ महिला उद्यमीहरुलाई सम्मान गर्दै आएको छ । यो वर्ष कर्णाली प्रदेशबाट सुर्खेतकी उपाध्यायसहित देशभरका १२ जना महिला उद्यमीहरु सम्मानित भएका छन् । प्रालिले शुक्रबार एक कार्यक्रमगरी ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्ड’ कार्यक्रम गरेर बिभिन्न शिर्षकमा १२ जना महिला उद्यमीलाई सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया