जागिरबाट अवकाश पाएपछि समाजसेवामा

बाल्यकालमा हुर्कदै गर्दा कलिलो मस्तिष्कले धेरै सपना देख्छ । कतिपय देखेर र कतिपय सुनेर सपनाहरु पनि बुनिन्छन् । यही क्रममा गन्तव्य पहिल्याउन अन्यौंलता उत्पन्न हुन्छ । सुर्खेतको पश्चिम धनीगाडमा जन्मिएका रुद्रबहादुर गौतमले पनि बाल्यदेखि समाजसेवामा लाग्ने सपना बुने । पढेर अथवा जागिर गरेर जुनसुकै माध्यमबाट भए पनि समाजसेवा गर्ने लक्ष्य थियो उनको । त्यही लक्ष्यअनुसार उनले नेपाली सेनामा भर्ति भए । गाउँको सेवा गर्ने लक्ष्य बुनेका उनी देशकै सेवा गर्ने मौका पाउँदा निकै खुसी पनि भए । आजको जम्काभेटमा उनै गौतमसँग हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश ः

सानैदेखि मेहेनती
पिता लोकबहादुर गौतम र माता टीकावती गौतमको कोखबाट वि.स. २०२८ सालमा सुर्खेतको पश्चिम साविकको लेखगाउँ गाविस वडा नम्बर ५ धनीगाडमा जन्मिएका रुद्रबहादुर गौतमको बाल्यकाल सामान्य नै वित्यो । घरको काम र पढाइमा नै उनको बाल्यकाल वित्यो । सानैदेखि उनी मेहेनती थिए । परिश्रममा विश्वास गर्ने उनको स्वभाव थियो । घरको कामसँगै पढाइ पनि अघि बढाउनुपर्छ भन्ने गर्थे । बाल्यकालदेखि नै अरुलाई दुख दिनु हुँदैन भन्ने उनको स्वभाव थियो । सकारात्मक सोचका व्यक्ति थिए ।

पढ्दापढ्दै जागिरमा भर्ती भए
उनले सरस्वती प्रावि कुनाथरीमा कक्षा १ देखि ३ सम्म पढे । सरस्वती मावि सिरुपाटामा कक्षा ४ देखि कक्षा ८ सम्म पढे । पछि उनले कक्षा ९ देखि अम्मरज्योती मावि नेवारेमा पढे । एसएलसी उर्तिण उनले नेवारबाट नै गरेका हुन् । २०५६ सालमा उनले एसएलसी उर्तिण गरेका हुन् । एसएलसी दिएर उनी नजिताको पखाईमा थिए । त्यतिकैमा नेपाल आर्मीमा भर्ती खुलेको सुचना आयो । अनि उनी जागिरतिर लागे । जागिरको सिलसिलामा लागेपछि उनले पढाइलाई अगाडी बढाउन भने पाएनन् । बाल्यकालदेखि समाजसेवा गर्ने गौतमको लक्ष्य भने आर्मी बनेर पुरा गर्न पाउँदा त्यसैमा उनी खुसी थिए ।

नेपाली सेनामा जागिर
गौतम गाउँमा जन्मिएका व्यक्ति । नेपाली सेनामा भर्ती हुने उनले कल्पनासम्म गरेका थिएनन् । आर्मी बन्ने उनको कुनै सोच र सपना पनि थिएन । एसएलसी दिएर घरमै बसेका गौतमको घरमै नेपाली सेनामा भर्ती खुलेको र जागिर खाने इच्छुकले सम्पर्क गर्न भनेर लेखिएको थियो । त्यस समयमा उनका हजुरबुवा गाविसमा काम गर्थे । चिठ्ठी गाविसको नाममा गएको थियो । गौतमको हजुरबुवाको हातमा उक्त चिठ्ठी परेपछि घरपरिवारले गौतमलाई आर्मीमा भर्ती गराउने सोच बनाए ।


त्यस समयमा सुचना गाविस तथा नगरपालिकामा पठाउने चलन थियो । त्यस समयमा गौतमको घरपरिवारबाट कसैले पनि सरकारी सेवामा जागिर खाएका थिएनन् । गौतमलाई जागिर खानका लागि परिवारबाट कुरा आएपछि उनले पनि नाई भनेनन् र उनी नेपाल आर्मीमा भर्ती भए । नेपाली सेना भएर देशको सेवा गर्ने मौका पाएकोमा उनी खुसी व्यक्त गर्छन् । उनले नेपाली सेनामा २१ वर्ष सात महिना १० दिन विताए । उनी रिटायर हुँदा जमदार थिए । जागिरबाट घर फर्केपछि उनी गाउँमै बसे । करिव २२ वर्ष देशको सेवा गरेको गौतमलाई देशको सेवा त गरे ।
अब गाउँको सेवामा लाग्छु भनेर उनी गाउँमै बसेका छन् । उनको वीरेन्द्रनगर ८ खजुरामा पनि घर छ । तर उनी गाउँमै बसेर सामाजिक काममा लागेका छन् । उनी जनजागृती माविको व्यवस्थापक समितिको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । अहिले पनि उनी उक्त विद्यालयको जेष्ठ सदस्यको रुपमा छन् । साथै उनी धार्मिक काममा पनि लागेका छन् । आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने उद्देश्यले उनी अहिले गाउँकै समाजसेवामा लागि बाल्यकालमा हुर्कदै गर्दा कलिलो मस्तिष्कले धेरै सपना देख्छ । कतिपय देखेर र कतिपय सुनेर सपनाहरु पनि बुनिन्छन् । यही क्रममा गन्तव्य पहिल्याउन अन्यौंलता उत्पन्न हुन्छ ।

सुर्खेतको पश्चिम धनीगाडमा जन्मिएका रुद्रबहादुर गौतमले पनि बाल्यदेखि समाजसेवामा लाग्ने सपना बुने । पढेर अथवा जागिर गरेर जुनसुकै माध्यमबाट भए पनि समाजसेवा गर्ने लक्ष्य थियो उनको । त्यही लक्ष्यअनुसार उनले नेपाली सेनामा भर्ति भए । गाउँको सेवा गर्ने लक्ष्य बुनेका उनी देशकै सेवा गर्ने मौका पाउँदा निकै खुसी पनि भए ।
नागेश्वर शिवालय मन्दिरको स्थापना गरेर उनी समितिको सचिवमा रहेका छन् । भावी पुस्तामा धार्मिक आस्था जगाउनु पर्छ भन्ने उद्देश्यले उनले मन्दिरको स्थापना गरेका हुन् ।

बाल्यकालको योजना
गौतम बाल्यकालदेखि नै मेहेनती र परिश्रमि थिए । आफ्नो काम आफै गर्नुपर्छ । कसैको भरमा पर्नु हुँदैन भन्ने उनको स्वभाव थियो । बाल्यकालमा उनी पढेर केही न केही गर्छु भन्ने लागेको थियो । यो नै गर्छु भन्ने सपना तथा योजना भने बनाएका थिएनन् । बाल्यकालमा उनको भविष्यमा आर्मी नै बन्छु भन्ने योजना पनि थिएन । नेपाली सेनामा उनी परिवारको सपना पुरा गर्न भत्र्ती भएका थिए । यो समयभन्दा अघि उनको आर्मी हुने भन्ने सोच थिएन । एक्कासी परिवारले बनाएको योजनालाई उनले आर्मीमा भर्ती भएर पुरा गरिदिए ।

भावी योजना
करिव २२ वर्ष देशको सेवा गरिसकेका गौतमको भावी योजना अब गाउँमा नै समाजसेवा गर्ने रहेको छ । गाउँको हरेक सामाजिक काममा उनी अग्रसर भएर पनि लाग्ने गर्छन् । बाँकी रहेको जीवन उनले समाजसेवामा समर्पित गरेका छन् । बाल्यकालदेखि नै उनको समाजसेवा गर्ने सपना भने थियो । त्यही सपना उनले अब पुरा गर्ने बताउँछन् । उनलाई समाजसेवा गर्नका लागि उनकी जीवनसार्थी पुलती गौतमले पनि साथ दिँदै आइरहेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार