कोरोना खोप लगाउँमा सामान्य ज्वरो आउनसक्छ, खतरा देखिएनः प्रमुख नीधि

सुर्खेत, १६ माघ ।
नेपालमा कोरोनाको खोप आइसकेको छ । कोभिशिल्ड नामक खोप लगाउने कार्य सुरु भइसकेको पनि छ । यो खोप के हो ? कसरी लगाउन मिल्छ ? कसले लगाउन मिल्दैन ? आम नागरिकसम्म कहिले आइपुग्ला लगायतका विषयमा हामलिे जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेसँग प्रश्न गरेका थियौं । सोही प्रशनका आधारमा उहाँसँग गरिएको कुराकानीको सारसंक्षेपः

कोभिशिल्ड भन्ने खोप लगाउन सुरु भएको छ । यसको थोरै इतिहास बताइदिुनस न ।
कोभिशिल्ड नामक खोप म आफैले लगाइसकेको छु । हामीले अहिले सबैभन्दा पहिले स्वास्थ्य संस्थासँग आवद्ध व्यक्तिलाई खोप लगाइरहेका छौं । कोभिशिल्ड भ्याक्सिन भारतको सेरम इनश्ट्च्यिूट प्रा. लि द्धारा उत्पादित भएको हो । यो खोप भारतमा आपतकालिन प्रयोगको लागि स्वीकृत भई खोप शुरुवात समेत भईसकेको अवस्था छ भने नेपालका लागि आपतकालिन प्रयोगका लागि स्वीकृत (२ माघ २०७७ गते) भएको हो ।

यो खोप कसरी लगाईन्छ ?
यो खोप दुइ डोजमा लगाउनु पर्छ त्यो पनि पहिलो डोज लगाएको एक महिना पछि अर्को डोज लगाउनु पर्छ । यो खोप १० डोज (= ५ मि.लि) प्रति भायलमा उपलब्ध छ । यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ ।यो खोप फ्रिज संंवेदनशिल भ्याक्सिन हो र यो खोपलाई जम्न दिनुहुदैन र जमेको खोप प्रयोग गर्न हुदैन ।

कुन उमेर समूहका लागि यो खोप उत्तम छ ?
यो खोप १८ वर्ष उमेर माथिका लागि मात्र स्वीकृत भएको छ । १८ वर्ष मुनिका मानिसमा यस भ्यक्सिनको सुरक्षा र प्रवाभकारिता स्थापित भएको छैन । कोभिड १९ भ्याक्सिनसँगै अन्य भ्याक्सिन दिनु परेमा १४ दिनको अन्तरमा मात्र दिने गर्नुपर्छ । पहिलो मात्रा कोभिशिल्ड भ्याक्सिन लगाएपछि दोस्रो मात्रा पनि कोभिशिल्ड भ्याक्सिन नै लगाउनु पर्छ ।

कस्ता व्यक्तिलाई खोप दिन हुँदैन ?
अन्य खोप जस्तै यो खोप पनि सबैलाई दिन नमिल्ने विज्ञहरुले बताएका छन् । निम्न समस्या भएका मानिसहरुलाई कोभिशिल्ड भ्याक्सिन दिनु हुँदैन । यस खोपको पहिलो डोज पछि गम्भीर एलर्जी  भएमा, यस खोपको कुनै पनि तत्वको गम्भीर एलर्जी (एनाफाइलेक्सिस्) भएमा, यस भन्दा अघि अरु कुनै कारणले (Vaccines, Injectable, Therapies, Food items, Pharmaceuticals products etc.) गम्भिर एलर्जी वा एनाफाइलेक्सिस् भएमा , गर्भवती महिला, गर्भ राख्न चाहने महिलाले पनि यो खोप लगाउन हुँदैन ।

तर, पहिला कोभिड—१९ संक्रमण भएका व्यक्ति हरुले भने यो खोप लगाउन हुन्छ । दिर्घ रोग जस्तै मुटु, मस्तिस्क, फोक्सो, मृगौला रोग र क्यान्सर रोग भएका , रोग प्रतिरक्षा कमी वा एच. आई. भि भएका, रोग प्रतिराधात्मक औषधि सेवन गरिरहेका विरामीहरुले पनि खोप प्रयोग गर्न सक्छन् । तर यस्ता विरामीहरुमा तुलनात्मक रुपमा कम इमयुनिटि अर्थात प्रतिरक्षा शक्ति प्रदान गर्न सक्छ ।

तपाईले खोप अभियान सुरु गर्नु भएको छ, यसको औचित्य के छ ?
विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड १९ रोगबाट नेपाल पनि यो रोगको संक्रमण तिव्र रुपमा बढीरहेको छ । यो नयांँ पत्ता लागेको भाईरस हो र यसको निश्चित उपचारको औषधि छैन । नेपाल सरकारले पनि यो रोगको रोकथाम तथा नियन्त्रण र रोगको जोखिम कम गर्नको लागि रोगको उच्च जोखिम वर्ग, समुदायको पहिचान गरि तत्काल प्राथमिकताको आधारमा खोप शुरुवात गर्ने निर्णय गरी तिव्र रुपमा कार्य गरिरहेकोे छ । रोकथाम तथा नियन्त्रणको लागि विभिन्न प्रकारका खोपहरुको विकास भईरहेको र केहि देशहरुले खोप दिन शुरुवात समेत गरिसकेको छ । खोप प्राप्त गरी खोप उपलब्ध गराउदा खोपबाट रोग रोकथाम तथा नियन्त्रण र नागरिकको स्वास्थ्य रक्षा हुने, देशमा रोगको दर र मृत्यु दरमा कमि गराउनु पर्ने छ । नेपाल सरकारको निर्णयानुसार उपलब्ध हुने खोप परिमाण र यो रोगको उच्च जोखिम समुह पहिचानको आधारमा प्राथमिकता निर्धारण गरी चरणबद्ध रुपमा खोप उपलब्ध गराउन अभियान संचालन गरिन लागिएको हो ।

खोप अभियान संचालनका रणनीति कस्तो बनाउनु भएको छ ?
हामीले खोप अभियान संचालनका लागि जिल्ला भर लागु गर्न रणनीति तयार गरिसकेका छों । लक्षित समूह निर्धारण र चरणबद्ध रुपमा अभियान संचालन, खोप केन्द्र र सेसन निर्धारण तथा संचालन अवधि, खोप टोलीको निर्धारण र परिचालन, जनशक्ति ब्यवस्थापन र क्षमता विकास, सुक्ष्मयोजना तर्जुमा, स्वास्थ्य शिक्षा सुचना संचार सामाग्री वितरण र प्रयोग जस्ता रणनीति तयार गरेका छों ।

यो खोप अभियानको लक्ष्य र उदेश्य के हो ?
यो अभियानको एकमात्र लक्ष्य कोभिड–१९ विरुद्धको खोप प्रदान गरी कोभिड–१९ को रोगदर र मृत्युदरमा उल्लेख्य रुपमा कमि ल्याउनु नै हो । देशभरीका लक्षित समुहको प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप प्रदान गर्ने, समुदायमा कोभिड १९ रोगको तथा मृत्युदरमा कमी ल्याई कोभिड रोग विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सबै तहमा उच्च खोप कभरेज (९० प्रतिशत भन्दा बढी) भएको यकिन गर्ने, कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अवलम्बन गर्नु पर्ने उपायहरुको ब्यवहार परिवर्तनमा सुद्दृढीकरण गर्ने, स्वास्थ्य संस्था तथा सार्बजनिक क्षेत्रका कार्यालयहरुको सेवा प्रवाहमा सहजता ल्याउने लगायतका उदेश्य हामीले तय गरेका छौं ।

कुन कुन चरणमा कसलाई प्राथमिकता दिएर खोप दिने योजना बनाउनु भएको छ ?
हामीसँग खोप असाध्यै कम छ । यसमा सबैभन्दा बढि धेरै व्यक्तिको सम्पर्कमा आउने व्यक्तिलाई खोप लगाउने गरी अभियानको सञ्चालन गरेका छौं । जस्तो पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी–सरकारी, गै्रह्रसरकारी तथा निजि क्षेत्रमा कार्यरत, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, सार्बजनीक फोहोर संकलक सरसफाई कर्मी (पालिका द्धारा नियुक्त¬), एम्बुलेन्स तथा शव वाहान चालक तथा सहचालकहरु, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, ७५ वर्ष र माथिका जेष्ठ नागरिकहरु, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरु, वृद्ध आश्रममा आश्रित नागरिक र हेरालु कर्मचारीहरु रत्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेका छौं ।
त्यस्तै, दोश्रो प्राथमिकतामा ५५ वर्ष देखि ७४ वर्ष सम्मका नागरिकहरु, ४० देखि ५४ वर्षको उमेर समुह मध्ये तोकिएका दिर्घ रोगी भएका ब्यक्तिहरु, तोकिएका दिर्घरोग भएका अन्य ब्यक्तिहरु ः बैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थिहरु मध्ये यस्ता दिर्घरोग भएका व्यक्तिहरु र तेश्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समुह १५ वर्ष देखि ३९ वर्ष सम्मको उमेर समुह (उपलब्ध खोपको विशेषता अनुसार उमेर समुह परिवर्तन हुन सक्नेछ ।

यो खोप लगाइसकेपछि के खतरा हुन्छ ?
यो खोप मैले पनि लगाएको छु । मैले खोप लिइसकेपछि सामान्य रिंगाटा लाग्ने, हल्का ज्वरो आउने समस्या देखिउको थियो । मैले सिटामोल खाँदा त्यो समस्या समाधा भयो । त्यसैले यो खोप लगाउँदैमा केहि भइहाल्छ की भनेर डराउनुपर्ने अवस्था मैले देखेको छैन ।

 

 

तपाईको प्रतिक्रिया