सुर्खेत, १४ माघ ।
जुम्ला जिल्लाको तिला गाउँपालिकाको वडा नं. सातको पोख्रो भन्ने स्थानमा आज विहान भएको आगलागिमा परि बीस देखि २५ पशु चौपायाको जलेर मृत्यू भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार आगलागिका कारण ३२ घर पूर्ण रुपमा जलेका छन् भने १७ गाई, २३ गोरु र २४ वाख्रा जलेका हुन । कार्यालयका अनुसार परव रोकायाको घरमा निर्माण गरिएको हिमाली चुलोको पाइपबाट आगोको झिल्को निस्कन गई उक्त झिल्का छानामा सल्कन गइ आगलागि भएको हो ।
युग संवाददाता । । १४ माघ २०७७, बुधबार १४:३३