‘कर्णाली दुर्गम छ भन्थे तर यहाँ त्यस्तो रहेनछ’

दीपा परियार (कानुन अधिकृत), सामाजिक विकास मन्त्रालय, सुर्खेत

कर्णालीका हुम्ला र डोल्पा बाहेकका जिल्लाहरूमा सहज मोटर बाटो छ । जिल्ला सदरमुकामसम्म पुग्न सुगम छ । तर काठमाडौंबाट हेर्दा कर्णालीमा भोक, रोग र अभाव मात्रै छ । यहाँको वास्तविकता नबुझेका र नघुमेकाहरू कर्णालीलाई सधैं गरिबी र अभावको नजरले हेर्ने गर्छन् । करिव दुई वर्षअघिसम्म यस्तै लाग्थ्यो दीपा परियारलाई पनि । काठमाडौंमा हुर्किएकी उनलाई कर्णालीको नाम सुन्दा नै विकट लाग्थ्यो । सबै क्षेत्रमा भौगोलिक विकटता, अभाव र गरिवि छ भन्ने लाग्थ्यो । संयोग उनको जागिरको करियर पनि कर्णालीबाटै सुरू भयो । कर्णालीप्रतिको बुझाइकै कारण लोकसेवा आयोगले कर्णाली प्रदेशमा सिफारिस गर्दा उनी रोएकी थिइन् । जागिरमा सफलता प्राप्ति भएको खुशी सबैलाई बाँढ्न सकिनन् । किनकी कर्णाली प्रदेशमा सिफारिस भएकोमा उनी दुःखी थिइन् । तर वीरेन्द्रनगर आएपछि सोचाइ र भोगाइमा फरक पाइन् । प्रस्तुत छ, हाल सामाजिक विकास मन्त्रालयमा कानुन अधिकृतको रुपमा कार्यरत उनै दिपाको जीवन भोगाइ र कर्मचारी हुँदाको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

सुखद् बाल्यकाल
दीपा बुवा रामकृष्ण र आमा सन्तु परियारको एक्ली सन्तान् हुन् । विस २०५० साल जेष्ठ २१ गते कागेश्वरी मनोहरा नगरपालिका वडा–६ काठमाडौँमा उनको जन्म भएको हो । मध्यम बर्गिय परिवारका जन्मिएकी दिपाको बाल्यकाल सुखद् छ । काठमाडौं शहरमा हुर्किएकी उनको वाल्यकाल सुखद् छ । ‘संघर्षविना सफलता सम्भव छैन’ उनी भन्छिन्, ‘अध्ययनमा संघर्ष गरियो, तर दुःखद् क्षणहरु भोग्नु परेको छैन ।’ उनी बाल्यकालदेखि पढाइमा मेहनती थिइन् । कक्षामा सधै टपटेनको लिष्टमा हुन्थिन् । पढाइको त्यही मेहनले सफलतामा पु¥याएको उनको तर्क छ ।

पढाइमा सफल
स्नातकतहसम्म दीपाले पढाइमा कहिल्यै असफलता भोग्नु परेको छैन । विद्याआर्जन बोर्डिङ स्कूलबाट कखरा सुरु गरिन् । पढाइप्रति आमाबुवाको उत्पेरणाले दिपालाई मेहनती बनायो । निजी शिक्षण संस्थामा उत्कृष्ट ज्ञान आर्जन गर्ने मौका पाइन् । नर्सरीदेखि नै शैक्षिक पाटो अब्बल बन्यो । २०६६ सालमा एलएलसी उत्तीर्ण गरिन् । एलाइन्स ऐकेडेमीबाट उच्च शिक्षाको सुरुवात गरिन् । पढाइमा कहिल्यै असफल नभएकी दिपाले प्लसटुपछि एकवर्ष पढाइ छोड्नु प¥यो । ‘ढिला गरी भर्ना भएकै कारण एकवर्ष पढाइ ग्याप भयो’ उनी भन्छन्, ‘पढाइमा असफलता भोग्नु परेन, तर एकबर्ष पढाइ छोड्नु परेको छ ।’ अन्य विषयमा भर्ना अभियान सकिएकै थिएन ।

तर कानुन अध्ययनका लागि भर्ना अवधि सकिसकेको थियो । यही कारण उनले प्लसटुपछि एकवर्ष पढाइ छोड्नु प¥यो । एक वर्षपछि काठमाडौँ स्कूलअफ लबाट स्नातकतह पढ्ने बाटो खुल्यो । पाँच बर्षको अवधिमै वीएएलएलवी अध्ययन पुरा गरिन् । त्यसपछिको अध्ययन भर्ने अवसर मिलेको छैन । वीएएलएलवी लगत्तै निजामति क्षेत्रको जागिरे भएकै कारण पढाइ पुरा गर्न पाएकी छैनन् । ‘पढाइ लगत्तै जागिरले सुर्खेत आउनुप¥यो’ उनी भन्छिन्, ‘ यहाँ कानून विषय नभएका कारण पढाइलाई निरन्तरता दिन सकेकी छैन ।’ काठमाडौँमै सरुवा भएको खण्डमा कानूनमा स्नातकोत्तर पूरा गर्ने उनको अठोट छ ।


क्याम्पसको पढाइ नै जागिरको आधार
सानैदेखि कानुन पढ्ने दीपाको रुचि थियो । यही रुचि पुरा गर्न उनले एकवर्ष पर्खिनु परयो । तर कानूनको त्यो पढाइ, जसले जीवनको करियर बनायो । वीएएलएलवीको पढाइले पाँच वर्षपछि दिपालाई सरकारी जागिरे बनायो । ‘वीएएलएलवीको कोर्ष नै लोकसेवामा आधारित छ’ उनी भन्छिन्, ‘क्याम्पसको पढाइकै कारण पासआउट भएपछि खाली बस्नु परेन ।’

लोकसेवा आयोगले सोध्ने अधिकांश प्रश्नहरु क्याम्पसमै पढाइ हुने भएका कारण जागिर खान सहज भएको उनको तर्क छ । ‘५ वर्षसम्म क्याम्पसमा धेरै विषयमा जानिसकेका हुन्छौँ’ दिपा भन्छिन्, ‘वीएएलएलवीको अध्ययन गरेपछि कानूनतर्फको जागिरमा जोडिन सहज हुन्छ ।’ क्याम्पसको पढाइ नै जागिरमा जोडिने आधार भएको उनको बुझाइ छ । ‘मेहनत नगरी जागिर खान सकिदैन’ दिपा भन्छिन्, ‘तर मलाइ क्याम्पसको पढाइले नै जागिरमा धेरै सहयोग मिल्यो ।’ उसो त निजामति क्षेत्रमा आउने कुनै सोच थिएन । तर साथीभाइकै संगतका कारण निजामति क्षेत्रमा आएकी हुन् । ‘यो क्षेत्रमा आउँछु भन्ने सोचेकै थिइँन’ उनी भन्छिन्, ‘साथीहरुकै कारण लोकसेवाको ट्यूसन पढँे र जागिर खाएँ ।’

साथीहरुले सम्झाएपछि आँट गरिन् निजामति सेवामा प्रवेश गरेको दिन हरेक कर्मचारीका लागि जीवनको एउटा महत्वपूर्ण दिन हो । लोकसेवा आयोगबाट सिफारिस हुँदा सायद खुशीको सिमा हुँदैन होला । त्यो दिन सबैका लागि खुशीयाली बाँढ्ने दिन हुन्छ होला । तर दीपाको जीवनमा भने यस्तो क्षण आएन । लोकसेवा आयोगले कर्णाली प्रदेशमा सिफारिस गरेको खबरपछि उनी खुबै रोइन् । कर्णाली प्रदेशमा सिफारिस पाएको खबर कसैलाई सुनाउन सकिनन् । बरु कोठामा एक्लै रोइन् । मन निकै गह्रगो बनाएर कर्णाली प्रदेशमा जागिर खाएको कुरा बाआमालाई सुनाइन् । किनकी कर्णाली निकै दुर्गम छ भन्ने बुझेकी थिइन् ।

अशिक्षा, अभाव र भौगोलिक रुपले निकै विकट छ भन्ने बुझेकी थिइन् । जागिर अघि काठमाडौं भ्यालीभन्दा बाहिर नगएकी दिपालाई कर्णाली प्रदेशको जागिर खाउँ कि छोडौँ भन्ने अवस्थामा पुगिन् । तर हिम्मत हारिनन् । ‘अफ्ठेरो नमान, कर्णाली प्रदेशको राजधानी दुर्गम छैन’ दिपाका साथीभाईले यसैगरी सम्झाए । साथीभाइकै सहयोगमा उनी सुर्खेत आउने आँट गरिन् । ‘म त बुवाआमाको एक्ली छोरी, कर्णाली दुर्गम छ भन्ने सुनेकी थिएँ’ उनी भन्छिन्, ‘दुर्गम भएकै कारण जागिर खाएको दिन निकै रोएँ ।’ काठमाडौं बस्दा कर्णाली निकै दुर्गम छ भन्ने बुझेकी उनले वास्तविकतामा भने फरक पाइन । ‘टेलिभिजनका पर्दा र पत्रपत्रिमा अभाव मात्रै देख्थेँ, तर सुर्खेत त निकै राम्रो रहेछ’ उनी भन्छिन्, ‘वीरेन्द्रनगर सुगम छ भन्ने थाहा पाएको भए जागिर खाएको दिन निकै खुशी हुन्थेहोला ।’

अनि सुर्खेत प्यारो लाग्न थाल्यो
सुरुमा कर्णाली आउन निकै डराएकी दीपालाई हिजोआज काठमाडौंभन्दा सुर्खेत प्यारो लाग्न थालेको छ । २०७६ असारमा कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट उनको जागिरे जीवन सुरुवात गरेकी उनी हाल सामाजिक विकास मन्त्रालयको कानून अधिकृत पदमा कार्यरत छिन् । जागिरबाट अवकास पाएपछि यूएनमा जोडिने उनको ठूलो रहर छ । ‘यूएनमा काम गर्ने मेरो ठूलो रहर छ’ दिपापा भन्छिन्, ‘सायद, अवकाशपछि यूएनमै जोडिन्छु होला ।’ यूएनले सामाजिक क्षेत्रमा गरेको योगदान र सामाजिक सचेतनाबाट प्रभावित भएको उनी बताउँछिन् । (२०७७ माघ ११ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार