कर्णालीमा साढे एघार हजारलाई लगाइँदै कोरोनाविरुद्धको खोप

सुर्खेत, १२ माघ ।
भारतले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको १० लाख डोज खोप मध्ये कर्णाली प्रदेशले साढे ११ हजार डोज पाउने भएको छ । पहिलो चरणमा संघीय सरकारले कर्णालीलाई साढे ११ हजार डोज खोप दिने भएको हो । संघीय सरकारले कर्णालीका लागि पठाउने खोप भने नेपालगञ्जमै स्टोर गरिने छ ।

सुर्खेतमा कोल्डस्टोर नभएका कारण नेपालगञ्जमै स्टोर गरिन लागेको हो । कर्णालीका लागि पठाइएका खोपहरु सोमबार मात्रै नेपालगञ्ज आइपुग्ने अनुमान गरिएको छ । कर्णाली लगायत अन्य प्रदेशका लागि खोप लिएको ट्रक आइतबार मात्रै काठमाडौंबाट हिँड्ने छ । कर्णालीका लागि खोप लिएर आउने ट्रक गण्डकी प्रदेश हुँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म पुग्नेछ ।

आइतबार खोप लिएर काठमाडांँबाट हिँड्ने ट्रक लुम्बिनी प्रदेशको बुटवल हुँदै गण्डकी प्रदेशको पोखरा पुगेर नेपालगञ्ज आइपुग्ने छ । कर्णाली प्रदेशको लागि ल्याइएका खोप नेपालगञ्जको कोल्ड स्टोरमा छोडेर सुदुरपश्चिमको लागि कैलाली पुग्नेछ । कर्णालीले पाउने ११ हजार जोड खोपहरु नेपालगञ्जको स्टोरमा राखेर आवश्यकता अनुसार कर्णालीका सबै जिल्लामा पु¥याइने छ ।

सुर्खेतमा आपूर्ति केन्द्र (कोल्डस्टोर) नभएका कारण नेपालगञ्जबाट कर्णालीका विभिन्न जिल्लामा वितरण गर्ने तयारी गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘सुर्खेतमा आफूर्ति केन्द्र छैन’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले भने, ‘कोरोनाविरुद्धको खोप नेपालगञ्जबाटै वितरण गर्छाैँ ।’

नेपालगञ्जमा रहेको साविक क्षेत्रीय आफूर्ति केन्द्रको स्टोरमा कोरोना खोप स्टोर गरिनेछ । ‘हामीसँग दुई वटा फ्रिज मात्रै छन्, सबै खोप सुर्खेतमा स्टोर गर्न सकिदैन’ डाक्टर खड्काले भने, ‘कर्णालीका सबै जिल्लाको कोरोना खोप नेपालगञ्जबाटै आपूर्ति गर्छाैँ ।’ डोल्पा, हुम्ला, जुम्ला र मुगुमा नेपालगञ्जबाटै आपूर्ति गर्न सहज हुने निर्देशनालयले जनाएको छ ।

कालिकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिममा पनि नेपालगञ्ज स्टोरबाटै वितरण गरिनेछ । साना आकारका दुई वटामात्रै फ्रिज भएका कारण सबै खोप स्टोर गर्न नसकिने निर्देशनालयले जनाएको छ । नेपालगञ्जबाट कर्णालीका विभिन्न जिल्ला पु¥याइएपछि हप्ता दिनभित्र सबै खोप लगाइने छ ।

कर्णालीमा संक्रमितको संख्या साढे सात हजार पुग्यो
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै साढे सात हजार पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शनिबारसम्म कुल संक्रमितको संख्या सात हजार चारसय ८३ जना पुगेको छ । संक्रमितमध्ये सुर्खेतका सबैभन्दा बढी अर्थात तीन हजार दुईसय २१ छन् ।
त्यस्तै दैलेखका एकहजार ६ सय ७८ जना, जाजरकोटका एकसय ५९ जना, सल्यानका ६ सय ८६ जना, रुकुम पश्चिमका दुईसय ५७ जना छन् ।

त्यस्तै जुम्लाका चारसय १० जना, कालिकोटका तीनसय ३१ जना, हुम्लाका ५८ जना, मुगुका ४१ जना र डोल्पाका ४४ जना संक्रमित भएका छन् । त्यस्तै अन्य प्रदेशका अन्य प्रदेश पाँचसय ९३ जना र भारतका पाँच जना छन् । भारत र अन्य प्रदेशका संक्रमितहरुको कार्यक्षेत्र पनि कर्णाली प्रदेश हो । कुल संक्रमितमध्ये सात हजार दुईसय ३७ जना निको भइसकेका छन् । संक्रमितमध्ये हालसम्म कर्णालीमा २९ जनाको मृत्यु भइसकेको छ ।

कसले लगाउन पाउँछन् खोप ?
कर्णाली प्रदेशका लागि आउने ११ हजार डोज खोप सबैले लगाउन पाउने छैनन् । पहिलो चरणका खोपहरु नेपालगञ्जबाट आवश्यकता अनुसार कर्णालीका सबै जिल्लामा पु¥याइने छ । जिल्लामा पुगेपछि जिल्ला अस्पतालहरुबाट स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड– १९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई लगाइने छ ।

आवश्यक परेको खण्डमा भने जेष्ठ नागरिक र दीर्घरोगीलाई समानुपातिक रुपमा लगाउन पाउनेछन् । पहिलो चरणको खोप प्रभावकारी देखिएको खण्डमा दोस्रो चरणका लागि खोप माग गरिनेछ । दोस्रो चरणमा आउने खोप सर्वसाधारणले लगाउने पाउनेछन् । निर्देशनालयका अनुसार दोस्रो चरणमा पनि ५५ वर्ष माथिका जेष्ठ नागरिक र र दीर्घरोगीले लगाउन पाउनेछन् । यस्तै तेस्रो चरणमा ४० देखि ५४ वर्षका नागरिक र अन्तिम चरणमा १५ देखि ३९ वर्षका नागरिकलाई खोप दिइनेछ । सबै उमेर समूमा खोप प्रभावकारी भएको खण्डमा आम नागरिकका लागि खुल्ला गरिने छ ।

६ हजारको कोरोना परीक्षण

कर्णाली प्रदेशमा हालसम्म ९६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा हालसम्म ९६ हजार आठसय ५४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । तथ्याङ्क अनुसार सुर्खेतको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट सबैभन्दा बढी अर्थात ५० हजार आठसय २६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा २८ हजार दुईसय ४५ जना, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा एकहजार ६ सय ३२ जना, दैलेखको दैलेख अस्पतालको प्रयोगशालामा ६ हजार नौसय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै कर्णाली प्रदेशभन्दा बाहिर अर्थात अछामको कमलबजार नगरपालिका प्रयोगशालामा ९५ जना, भेरी अस्पताल बाँकेमा ५७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २ ९ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७ जना र नेपालगंज मेडिकल कलेज कोहलपुरमा दुई जना गरी कुल ९६ हजार आठसय ५४ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

परीक्षण पनि घट्यो
कर्णालीमा कोरोना परीक्षणको दायरा ह्वात्तै घटाइएको छ । पछिल्लो २४ प्रदेशभर ११ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये सुर्खेतका दुई जनालाई मात्रै संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल अस्पताल र आइसोलेसन सेन्टर तथा आइसोलेसनमा रहनेको संख्या पनि न्यून छ ।

मन्त्रालयका अनुसार सुर्खेतमा जम्मा २९ जना संक्रमति छन् । जसमध्ये प्रदेश अस्पताल तीन जना र बाँकी २६ जना होम आइसोलेसनमा छन् । दैलेखका कुल १२ जना मध्ये दैलेख अस्पतालमा ९ जना र तीन जना होम आइसोलेसनमा छन् । जाजरकोट चार जना, सल्यानका २३ जना, जुम्ला र मुगुका एक÷एक जना होम आइसोलेसन र डोल्पाका एक जना जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन् । त्यस्तै रुकुमपश्चिम, ७.कालिकोट र हुम्लामा कोरोना संक्रमितको संख्या शुन्य छ ।

तपाईको प्रतिक्रिया