कोरोना संक्रमण फैलिएपछि यहाँका दुई विद्यालय बन्द

दुर्गा विसी
सल्लीबजार, १० माघ ।
यहाँका दुई विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि गंगा प्रावि अम्रा र प्रभाकर मावि देवस्थल एक हप्ताको लागि बन्द गरिएको छ । गंगा प्रावि अम्राका सबै ३ जना शिक्षकमा कोरोना रिपोर्ट पोजेटिभ आए पछि उक्त विद्यालय स्वत बन्द भएको छ ।
त्यसैगरी प्रभाकर माविका २ जना शिक्षक र ८ जना विद्यार्थीको कोराना रिपोर्ट पोजेटिभ आए पछि उक्त विद्यालय पनि एक साताका लागि बन्द गरिएको प्रधानाध्यापक शिखर कुमार यरिको भनाइ रहेको छ ।

विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थीको स्वाब परिक्षण गर्ने जनाएको छ ।४७ जनाको स्वाबमा १६ जनामा कोरोना देखिएको छ । प्रभाकर माविका ८ विद्यार्थी, सह्याक प्रधानाध्याप,बन्गाड क्याम्पस बन्गाड सल्यानका क्याम्पस प्रमुख,गंगा प्रावि अम्राका प्रधानाध्यापक सहित १ शिक्षक,मुक्ति माविका प्रधानाध्यापक, नगरपालिका महिला तथा वालवालिका शाखाकाका एक जना कर्मचारी र लक्ष्मी बैंक सुर्खेत सिम्ताका शाखा प्रवन्धक सहित १६ जनाको रिपोर्टमा कोरोना पोजेटिभ आएको छ ।


बुधबार गरिएको चेकजाँचमा शुक्रबार उनिहरुको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । सबै भन्दा वढि नगरले आइसुलेसन वनाएको प्रभाकर माध्यमिक विद्यालयका विद्यार्थीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित सबैलाई घरमै आइसुलेसनमा वस्न अनुरोध गरिएको छ । स्वास्थ्यमा अन्य समस्या उत्पन्न भए शाखामा जानकारी दिन समेत भनिएको छ ।

पछिल्लो चरणमा कोरोना रिपोर्ट पोजेटिभ आए पनि होम आइसुलेसनमा नवसि परिवारसँगै र छरछिमेकमा घुलमिल भैरहेको देखिन्छ ।  कोरोनालाई निकै हेल्चक्रयाइ तवरेले हेरिरहेको छ ।साथै कोरोना लक्षणसँग मिल्दोजुल्दो संकेत देखिएमा स्वास्थ्यकर्मिको सम्पर्कमा गैइ सल्लाह लिन र चेकजाँच गराउन समेत नगर स्वास्थ्य शाखाको अपिल छ । यता विद्यालय बन्द भने विना जानकारी र नगरको समन्वय विनै विद्यालय प्रशासनले एक साता बन्द गराएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार