पदमुक्त भएको चार महिना पुग्यो, गाडी फिर्ता भएन

सुर्खेत, ५ माघ ।
राज्यको कुनै निश्चित ओहोदामा पुगेपछि हरेक व्यक्तिलाई राज्यले विभिन्न सेवा सुविधा दिन्छ । त्यो सेवा सुविधा व्यक्ति हेरे नभई पदको गरिमा र आवश्यकता हेरेर दि ने गरिन्छ । त्यसरी दिइएको सेवा सुविधा ती मदमा पुगेका व्यक्तिले कसरी आफ्नो जस्तै ठानेर प्रयोग गर्छन भन्ने कुरा विभिन्न घटनाले देखाएकै छन् ।

विगतमा काठमाडौंमा यस्ता गतिविधि देखिएको सुनिदै आएपनि कर्णालीमा आफू पदमुक्त हुँदा पनि गाडी फिर्ता नगर्ने परिपाटीको सुरुवात भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतकलाई संसदीय दलका नेता एवम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेको असोज २५ गते हो ।

असोज २५ गते उनी पदमुक्त भइसकेपछि कर्णाली प्रदेश ०२००१ झ ००३९ नम्बरको गाडी अवैधानिक रुपमा प्रयोग गर्दै आइरहेका छन् । शाहले गाडी फिर्ता नगर्दा नवनियुक्त सचेतक कुर्मराज शाहीले गाडी सुविधा प्राप्त गर्न पाएका छैनन् । मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियानमा साथ दिएको भन्दै शाहलाई पदमुक्त गरेका थिए । उनको स्थानमा सीता नेपालीलाई प्रमुख सचेतक तथा कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका थिए ।

सचिवालयको पत्र बुझ्न अस्वीकार
प्रदेश सभा सचिवालय स्रोतका अनुसार संसद शाहले प्रदेश सभा सचिवालयबाट पठाइएको पत्र बुझ्न इन्कार गरेका छन् । यद्यपी यसबारेमा उनीसँग कुराकानी गर्न खोज्दा सांसद शाहले फोन उठाएनन् । सचिववालयले पठाएको पत्रमा २०७७ असोज २५ गते पदमुत्तः गरिएको र नयाँ नियुक्तीका कागजात आइसकेको पत्र प्राप्त भएको उल्लेख छ ।


प्रदेश सभा सचिव जीवराज बुढाथोकीले हस्ताक्षर गरेको पत्रमा नवनियुक्त पदाधिकारीले कानून बमोजिम प्राप्त हुने सवारी साधनलगायतका सुविधा उपलब्ध गराउन पुस २९ गते नेकपा संसदीय दल कर्णाली प्रदेशबाट लेखिइ आएकोले प्रमुख सचेतकको हैसियतले प्राप्त गाडी लगायतका सुविधाहरु सचिवालयमा फिर्ता गर्न आग्रह गरेका छन् ।

संसद सचिवालयका एक कर्मचारीका अनुसार सांसद शाहलाई गाडी मोह हावी भएको देखिएको छ । राज्यले दिएको सुविधा पदमा रहुन्जेललाई मात्रै हो । तर सांसद शाहले अहिलेसम्म प्रयोग गर्दै आइरहेका छन् । सचिवालयको पत्रको समेत वास्ता गरेका छैनन् । स्रोत भन्छ, यो कानूनी रुपमा गलत हो । जिम्मेवार सांसद नै सरकारी सुविधाप्रतिम ोहित भएपछि यस्तो भएको होला । उहाँले नैतिकताको आधारमा असोजमै गाडी फिर्ता गर्नुपर्ने थियो ।

उनी पछिल्लो समयमा ओली समूहमा छन् । प्रदेश सभामा रहेका ३३ जना सांसदमा हाल २२ जना प्रचण्ड नेपाल तथा ११ जना ओली पक्षमा सांसद रहेका छन् । पार्टी विभाजनको असरको रुपमा नेकपा संसदीय दलको पत्र आएको हुनसक्ने सचिवालयको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार