सुर्खेत क्याम्पस शिक्षाका पुर्व विद्यार्थीहरु सगठित

सुर्खेत, ४ माघ ।

सुर्खेत क्याम्पस शिक्षामा पुर्व विद्यार्थीहरुले सुर्खेत क्याम्पस शिक्षा पुर्व विद्यार्थी संघ गठन गरेका छन् । क्याम्पसमा अध्ययन गरी विभिन्न तहमा शिक्षा हासिल गरिसकेका पुर्व विद्यार्थीहरुले कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाहीको संयोजत्वमा संघ गठन गरेका हुन् ।


जसको सदस्यहरुमा नगरप्रमुख देवकुमार सुवेदी, नेपाल सरकारका सचिव घनश्याम उपाध्याय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका क्याम्पस प्रमुख तेजविक्रम बस्नेत, पुर्व स्ववियु सभापति चर्तुर्भुज शाही, कमलबहादुर सिजापति, सुर्खेत क्याम्पस शिक्षाका सहायक क्याम्पस प्रमुख राजनकुमार कंडेल सदस्य सचिवमा चयन भएका छन् ।

संघको आइतवार बसेको बैठकले क्याम्पसको सर्वाङगीण विकासका लागि विभिन्न सरकारी, गैरसरकारी संस्था र स्वदेश तथा विदेशमा रहेका व्यक्ति र संस्थासंग समन्वय गर्ने, पुर्व विद्यार्थीहरुको अभिलेख यद्यावधी गरी स्मारिका प्रकाशन गर्ने, क्याम्पसलाई बहुमुखी क्याम्पसमा रुपान्तरण गरी समय सापेक्ष नयाँ खालका विषयहरु राख्न समन्वय, सहजिकरण गर्ने निर्णय समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार