बनगाड कुपिण्डे नगरमा कांग्रेसको प्रदर्शन
दुर्गा विसी ।
सल्यान, ३ माघ ।
केपी ओलीको पाराले दुख पाए साराले भन्ने नाराका साथ सल्यान पश्चिम नेपाली कांग्रेसले विरोध प्रदर्सन गरेको छ । नेपाली कांग्रेस सल्यान पश्चिमले सल्लिबजारमा विरोध प्रदर्शन गरेको हो । बजार परिक्रमा गरी सल्लिबजारको पार्टी कार्यालय अगाडी कोण सभामा बोल्ने नेताहरुले प्रतिनिधि सभा विघटनको चर्को विरोध गरेका थिए ।
¥याली पछि कोण सभामा नेपाली कांग्रेसका स्थानीय नेतहरुले ओलीलाई इतिहासकै गद्दारका रुपमा परिचित गरे । अब नेपालमा कम्युनिस्ट पार्टीले सत्ता सञ्चालन गर्ने दिन गए । ओली आफु पनि डुवे आफ्ना सारथीहरुलाइ पनि डुवाए । देशमा अब नेपाली कांग्रेसको मात्रै खाँचो देखियो । नेपाली कांग्रेसले ३० वर्ष हाँकेको देश नेकपाले ३ वर्षमै समाप्ति पार्या । अब नगरमा आउदो चुनावमा नेपाली कांग्रेसवाहेक अन्य दलतिर नहेर्न अपिल छ ।
नगरमा समेत ९९ प्रतिशत नेकपा सरकारको वहुमत छ । यहाँ पनि चर्म भ्रष्टाचार भएको आरोप लगाएको छ । समग्र नगरको विकासमा कुनै राम्रो काम नभए जनाएको छ । स्थानीय सरकारको भने चर्को विरोध गरिएको छ । अधिकांशले संविधान कुल्चियो तर अब चुनावीको ग्यारेन्टी हुन जरुरी रहेको जनाए । कांग्रेसले देशमा जतिसक्दो चाँडै ताजा जनादेश खोजेको समेत जनाएको छ । सडकमै मात्रै बजेट खन्याउने र कमिसन खाने वाहेक अरु नभएको आरोप समेत लगाएको छ ।
नेकपा सरकारले केन्द्र हुँदै प्रदेश र स्थानीय तहसम्म भ्रमको खेती बाहेक अरु केही नभएको बताएको छ । नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश कमेटी केन्द्रीय सदस्य प्रेमवहादुर डाँगी, जिल्ला कार्यसमिति सदस्य दुर्गा खड्का, दिपेन्द्र विष्ट, उषा राना, पुरुषोतम आचार्य, नगर कार्य समिति सचिव भुपाल साहु, क्षेत्रिय कमेटिका रिता वली, तरुण दल नगर अध्यक्ष विजय वस्नेत, उपाध्यक्ष शंकर वुढाथोकि, शिक्षक संघ नगर अध्यक्ष सुरेन्द्र खड्का, दलित विद्यार्थी संघ जिल्ला अध्यक्ष खिमलाल विक, विद्यार्थी संघका जिल्ला कार्य समिति सदस्य मोहन विष्ट लगायतका वक्ताहरुले कोण सभामा धारण राखेका थिए। कोण सभा नगर सभापति टोपवहादुर भण्डारीको सभाअध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामवहादुर वस्नेतले गरेको नेपाली कांग्रेस बनगाडले जनाएको छ ।
