ओलीले अव संकटकाल लगाउँछन : पौडेल

दुर्गा विसी
सल्लीबजार, १ माघ ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अहिलेका प्रधानमन्त्रीलाई काम चलाउ सरकारका प्रधानमन्त्री भएको जिकिर गर्नुभएको छ । सल्लिवजारमा कार्यकर्ता माझमा देशमा केपी ओली चुनाव बनाउनका लागि चुनाव घोषणा गर्नुभएको होइन । देशमा चुनाव नहुने र अब मण्डले प्रविधिका ओलीले केही महिनापछि संकटकाल लगाउन तयारी भएको समेत उहाँको खुलासा छ ।

संविधान कुल्चेर चुनाव वनाउछु भन्नू ओलीको सर्वसत्तावाद भएको जनाउनु भएको छ । देश कसरी लुट्न सकिन्छ भनेर देशमा अहिले त्यो खेल भैरहेको जनाउनु भयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले न्यायालय कब्जा र केपिले अवैधानिक रुपमा सत्ता कब्जा गरेको उहाँको भनाई थियोे ।

बनगाड कुपिण्डे नगरपालिकाका अगुवा कार्यकर्तासँग चियापानमा केन्द्रीय सदस्य पौडेलले नेकपा सरकार इतिहासमै असफल सरकार भएको उहाँको दावि छ । प्रतिपक्षी भुमिसमेत नेपाली कांग्रेस निभाउन नसकिरहेको अवस्थामा शसक्त हुन कार्यकर्तालाई जोडवल गर्नुभएको थियोे । देशमा अहिले भ्रष्ट सरकार छ ।

भ्रष्ट अख्तियार प्रमुखले भ्रष्टाचार कसरी निर्मुल गर्छ । ओमन्नि, यति, वाइडवडि, निर्मला हत्या काण्ड, चुनावी हारेका नता राष्ट्रिय सभामा मनोनित गर्ने यो इतिहाँसकै लज्जास्पद काम भएको नेता पौडेलको भनाइ थियोे । त्यस्तै कुरा जनता माझ लिन उहाँको विशेष जोड छ । सरकारका गद्दारपुर्न क्रियाकलाप जनतामाझ लगेर पर्दाफास गर्न बनगाडका नेता कार्यकर्तालाई उहाँको आग्रह रहेको थियोे । संविधान कुल्चेर अहिले केपि अहिले देशमा कमेडि फिल्म खेलिरहेका छन् ।

जनताको पक्षमा चपाएर भन्दा प्रष्टरुपमा धारणा वनाउन र तेहि अनुरुप अघि वढ्न भनिएको छ । नेता पौडेललेसँग नगर सभापति टोपवहादुर भण्डारी, जिल्ला कार्यसमिति सदस्य उषा राना, पुरुषोतम आचार्य लगायतका नेताहरूले आफ्नो क्षेत्रमा क्रियाशिल सदस्य कम भएको दुखेसो पोखेका थिए । उक्त कुरा बुझेर समाधान गर्ने समेत आश्वासन दिएको छ ।

केपि ओली कार्यशैली शाहि र प्रचण्ड टोलिको कार्यशैली सत्ताकब्जावादी सोच रहेको जनाएको उहाँको दावी छ । रुकुम पश्चिम चौरजहारीको कार्यक्रम जाने क्रममै सल्लिवजारमा कार्यकर्ता भेटघाटमा नेता पौडेलले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियोे । नेकपाको ज्यादतीका विरुद्ध सबै तह र तप्कामा जुटन उहाँको अह््वान छ ।

तपाईको प्रतिक्रिया