सल्यान, २९ पुस ।
पोषणयुक्त स्थानीय तह निर्माणका लागि सल्यानको कपुरकोटमा सरोकारवालाहरुले ३२ बुदे प्रतिबद्धता जनाएका छन् । मातृ, शिशुु तथा किशोर किशोरीकोपोषण स्थितिमा सुधार ल्याउनका लागि भन्दै कपुरकोट गाउँपालिकाले सुआहारा कार्यक्रम संगको सहकार्यमा आयोजना गरेको गोष्ठीका सहभागीहरुले स्वच्छ, सफा, स्वस्थ र पोषणयूक्त गाउँपालिका निर्माणको लागि प्रतिबद्धाता जनाएका हुन् ।
पोषणयुक्त गाउँपालिकाका लागि सहभागीहरुले हरेक वडाका आम नागरिकहरुलाई स्वास्थ्य, शिक्ष, कृषि, पशु, सामाजिक, सरसफाई आदी क्षेत्रमा सुसुचित वनाउने, गाउपालिकाको स्वास्थ्य तथा सरसफाई नीति र नीति अनुसार रणनीति वनाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको सुआहारा कार्यक्रम सल्यानका संयोजक तोरण बुढाथोकीले जानकारि दिए ।
जनप्रतिनिधी, कर्मचारी लगाएत सरोकारवालाहरुले हरिया तरकारी, फलफुल, मासु, अण्डा तथा दुधमा आत्मनिर्भर वन्नका लागि एक वडा एक कृषि÷पशु प्राविधिक र हरेक वडामा नमुना कृषक वनाउने नीति लिने प्रतिबद्धता जनाएका छन् । जंकफुड लाई विस्थापित गरी स्थानीय पोषणयुक्त खानालाई प्रवद्र्धन गर्ने, स्थानीय स्तरमा पाईने खाद्य बस्तुको प्रदर्शनी गर्ने र तिनको फाईदाहरुको वारेमा आम मानिसमा जानकारी गराउनको लागी सडक नाटक तथा सचेतनामुलक क्रियाकलापहरु संचालन गर्ने जस्ता नीतिहरु अवलम्बन गर्ने विषय प्रतिवद्धतामा उल्लेख गरिएको बुढाथोकीले जानकारि दिए ।
जिल्लाको शारदा नगरपालिकामा पनि बिद्यालयमा पोषण बगैचा निर्माण गर्ने, सुत्केरी पश्चातको जाँच वढाउनको लागी सुत्केरीको घरमा स्वास्थ्यकर्मी पुगी जाँच गनेर्, सुत्केरी महिलालाई उप प्रमुखको पोषण कोसेली कार्यक्रम संचालन गर्ने जस्ता प्रतिबद्धता जनाएको सुआहाराले जनाएको छ ।
पोषणको महत्व, औचित्य र आवश्यकताका बारेमा मा सुआहारा कार्यक्रमका कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्मा लगाएतले सहजिकरण गरेका थिए भने एकीकृत पोषणका लागि कपुरकोट गाउंपालिकाको परिकल्पना, लक्ष्य र अपेक्षाको बारेमा गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहाल तथा पोषणका क्षेत्रमा संचालन गरिएका वा गरिने कृयाकलापहरुको बारे स्वास्थ्य, कृषि, पशु, शिक्षा, महिला बिकास शाखाका प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए । पोषण सम्बन्धि सुचना र शैक्षिक सामग्रीहरुको प्रदर्शनी र जानकारी पनि गोष्ठीमा गरिएको थियो ।
युग संवाददाता । । २९ पुष २०७७, बुधबार १७:३१