मुक्तक संग्रह विमोचन

सुर्खेत, २९ पुस ।

दुर्गा विसी ।

सुर्खेत सिम्ताली चेली निरन्जना चन्द निरुको दोस्रो कृति मुक्तक संग्रह निरुपण बुधवार लोकार्पण गरिएको छ । सिम्ताली एकता समाज सिम्ता सुर्खेतको आयोजनामा भएको कार्यक्रम उक्त निरुपण विमोचन समारोहमा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि केसिले सिम्तालि चेलिले सिम्तालि माटोको पहिचान झल्काउन गरेको यो अदभूत कलाको सम्मान गरेका छन् । सिम्तामा जन्मेर विभिन्न क्षेत्रमा कर्मथलो बनाए नि सिम्ता प्रतिको कृति, कला र साहित्यबाट अदभूत माया प्रगाढको उच्च सम्मान गरिएको छ । सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ८ सुर्खेतमा जन्मेर हाल बाँसगढि,८ वर्दियामा कर्मथलो बनाएकी निरुले मुक्तक संग्रहबाट धेरै भाव झल्किने साहित्य प्रस्फुटन गरेकी छन् ।

उक्त विमोचनको समिक्षा साहित्यकार खगेन्द्र अधिकारी (अमृत) ले गरेका थिए । जन्मभुमिको मायालाइ मुटुमा राखेर उक्त कृति सार्वजनिक गर्न सिम्ता पुग्नु भएका निरु प्रती अधिकारीले धन्यवाद व्यक्त गरे । मुक्तकमा भेरी नदिको तिलाम्मे कलकल पानी, विकास निर्माण कार्य, नारिमाथिको विवेध, जातीय छुवाछूत र सिम्ताली उर्वर भुमिलाइ पनि उठान गरिएको छ । त्यसै गररी राजनीति अस्थिरताका विषयमा उठान गरिएको छ ।

जनता प्रतिको विचनका विषय साहित्यमा उठाउन गरिएको छ । सिम्ताका लोकशुसेलि, कला, संस्कृति र गलाका विषयमा चिरफार गरिएको छ । पाठक प्रती सरल शब्द नभएको साहित्यकार अधिकारीले टिप्पणी गरे । सिम्ताली साहित्यकार कोकिला सिंह, रमेश चन्द ,कुशम, र सिम्ताली एकता समाजका संस्थापक अध्यक्ष गगन सिंहले निरुलाइ थप कृतिका लागि हौसलामय शुभकामना गजल वाचनमय सम्बोधन गरेका थिए । सिम्ताली एकता समाज सुर्खेत सिम्ताका अध्यक्ष ललित सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णु महताराले गरेका थिए ।

तपाईको प्रतिक्रिया