मैले त प्रचण्डको अनुहार झल्झल्ती सम्झेँ के !

हैन ! अमेरिकालाई सन्सारको सबभन्दा प्रजातान्त्रिक मुलुक भनेर गुणगान गाएर थाक्थेनन् त मान्छे । तर अमेरिकाको सदनाँ त वर्तमान राष्टपति ट्रम्पका साँसदहरु सदनाँ हातहतियारसहित गएर बबाल गरेरे त ! चुनाबाँ धाँधलिभो भनेर चुनावविरुद्ध धावा बोल्दै आका ट्रम्पले लास्टाँ सदनभित्रै हतियारको खेल खेलाएछि मैले त प्रचण्डको अनुहार झल्झल्ती सम्झेँ के ! हाम्रो देशाँ हुने चुनावाँ नि त माओवादीहरले चुनाव नजिते प्रचण्डले मतगणना गर्नै दिन्नन् र आँफूलाई विजय गराइदिन्छु भनेर दलहरले भनेछि मात्रै मतगणना गर्न दिन्थे। ठिक त्यस्तै ऐले ट्रम्पले गरेछि नेपालको माओवादी अनि त्यसका नेता प्रचण्ड र अमेरिकाको रिपब्लिकन पार्टी र त्यसका नेता ट्रम्प उस्तै रैछन् के ।

भन्न त अमेरिकी राष्टपतिले आगामी २० जनवरियाँ सत्ता हस्तान्तरण गर्छु, तर चुनावाँ धाँधलिभा छैन भन्ने कुरा स्विकार्दैन भन्दैछन् । सत्ता हस्तान्तरणको दिन आउने बेलासम्म ट्रम्पले अँझै के के गर्नेे हुन था छैन । यो पटक चुनावबाट बाहिरिन परेनी अर्को पटक चुनावाँ जसरी भएनी उठने र जित्ने भन्ने ट्रम्पको रणनीतिले अमेरिकाले के कस्ता अवरोध झेल्न पर्ने हो विचरा वाइडेनलाई के था ? अमेरिकाँ ट्रम्पले जे गर्या छन् त्यै कुरा नेपालाँ प्रचण्डले नी गर्ने होलान् । त्यसै त प्रचण्ड चुनावाँ वितण्डा मच्चाउन मायुर छन् । यो चोटी त झन् ओलीबासित झगडा छ । चुनावका बेलाँ त्यो झगडा झगडै रह्यो भनेत बबालै हुने होला ।

प्रचण्डका लागि प्रजातन्त्रका कुरासँग के सरोकार । सहमतियाँ भएनी उनलाई पद चाइयो । चुनाव भएनी चुनाव जित्नु पर्यो । नेपालका प्रचण्ड र अमेरिकाको ट्रम्प भएछि संसाराँ अरु कोही चाहिएन । आतंकवाद सिध्याउने भन्दै आँफै आतंक मच्चाएर हिँडने यस्ता महान नेता अमेरिका र नेपालले पाकोमा अमेरिकी जनता र नेपाली जनताले त यस्ता नेताप्रति गौरव गर्नुपर्छ । कमरेड प्रचण्ड यै हो मौका । ट्रम्प छँदै अमेरिका जानोस् । अमेरिका जान वर्जित भएनी अब ट्रम्प जाँदाजाँदै तपाइँले आफ्नो परिचय ट्रम्पलाई राम्रो सित दिनु भो भने चार बर्षपछि तपाइँ प्रधानमन्त्री अनि ट्रम्प राष्टपति ! कसो ।

तपाईको प्रतिक्रिया