ताजा खबर
  

पञ्चपुरीमा बन्यो अस्थायी कोरोना अस्पताल

सुर्खेत, २९ पुस ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाले अस्थायी कोरोना अस्पताल स‌ंचालनमा ल्याएको छ । नगरपालिका केन्द्रसमेत रहेको बाबियाचौरमा अस्थायी कोरोना अस्पताल संचालनमा ल्याइएको हो ।

५ शय्या क्षमताको अस्पतालबाट कोरोना रोग नियन्त्रणसम्बन्धी जनचेतना फैलाउने, संक्रमितको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । अस्थायी कोरोना अस्पताल उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले कोरोना रोग नियन्त्रणपछि अस्पताललाई सरुवा रोग नियन्त्रण अस्पतालको रूपमा विकास गरिने जानकारी दिए ।


समुदायमा कोरोना फैलिरहेको र यसको रोकथामको प्रमुख भूमिका व्यक्तिगत सावधानी नै भएको हुँदा सरसफाइ र सामाजिक दूरी कायम राख्न सबैलाई उनले आग्रह गरे ।

पालिकाखबरबाट साभार ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार