आर्थिक अभावमा खत्रीको उपचार रोकियो

दुर्गा विसी
सिम्ता, २९ पौष ।
सुर्खेत सिम्ता गाँउपालिका वडा नं ४ भोट्मुग्रा हाल भलाचौर ५ आलि निवासि गोरे खत्रीका छोरा विरेन्द्र खत्री लडेर सख्त घाइते भए उपचारको लागि नेपालगञ्ज लगिएको छ । तर रकम अभावले थप उपचारमा सकस परेको खबर छ । आर्थिक अभावले उपचारमा समस्या जटिलता थपिदा परिवारमा छट्पटी परेको जनाएको छ ।

लडेर घाँटीको रिङको हड्डि भाँचिए पछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरि उपचार भैइ रहेको छ । निजको भाँचिएको ठाउँको अप्रेसन गरिएको छ । बाँकी थप अप्रेसन र औषधि उपचारमा धेरै रकमको आवश्यकता रहेको छ । तर घर परिवारको आर्थिक अबस्था निकै कमजोर रहेकोले थप उपचारमा कठिनाइ भएको स्थानीय दीर्घ रावलले जानकारी दिनु भएको छ ।

खत्रीको घर परिवारले उपचारमा सहयोग गरिदिनका लागि देश बिदेशमा रहनु भएका सम्पुर्ण सिम्ताली आफ्न्तजनमा अपिल गर्नुभएको छ । त्यसैले आफूलेसके अनुसारको सहयोग गरिदिन उनको घरपरिवारले विशेष अनुरोध गरेको छ । रकम जोह नभए उपचार नहुने समेत जनाएको छ ।

खत्रीको जीवन रक्षाका लागि सबैलाई अपिल खत्री वचाउ अभियानमा हातेमालो गरिदिन स्थानीय रावतले विशेष आग्रह गर्नु भएको छ ।थप जानकारीको लागि ९८४९८९३८८० सम्पर्क गर्न सक्नुहुनेछ । थप रकम जुटन नसकेमा खत्रीको उपचार रोकिने अस्पताल ले पुर्व जानकारी दिएको आफन्तको दुखेसो छ । घरपरिवारले थप आर्थिक जोह गर्न निकै समस्या भएको जनाएका छन् । रकम जुटन नसके पछि उनले सानोतिनो सहयोगका निम्ति गुहार मागेका छन् ।

तपाईको प्रतिक्रिया